वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
इ.स.: 2025 December 5, FRIDAY
वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
राजस्व परामर्श समितिका संयोजक डंगोलको अध्यक्षतामा बसेको बैठकले राजस्व समितिबाट पेश भएको प्रस्तावमाथि छलफल
काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सरकारले तर्जुमा गर्ने आर्थिक ऐनमा समेट्नु पर्ने कर सम्बन्धी विषयमा काठमाडौँ महानगरपालिकाले दिने सुझावका बारेमा आज महानगरपालिकाको राजस्व परामर्श समितिमा छलफल भएको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट माग भएको कर सम्बन्धी सुझाव र महानगरपालिकाको राजस्व समितिबाट पेश भएको सुझाव सम्बन्धी प्रस्तावका विषयमा समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले छलफल गरेको हो । राजस्व समितिका संयोजक नवराज पराजुलीको संयोजकत्वमा गएको महिना (चैत) २६ गते वैठक बसेर प्रदेश पठाउने सुझावमाथि छलफल गरेको थियो ।
मन्त्रालयले घरजग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, कृषि आय कर, प्राकृतिक स्रोत तथा दशत्तर बहत्तर शुल्क एवं रोयल्टी, सेवा शुल्क, दस्तुर र दण्ड जरिवानालगायत क्षेत्रमा निर्धारण गरिने करका आधार, करका दर, कर छुट सुविधा सम्बन्धी नीतिगत, संरचनागत र प्रक्रियागत सुधारका विषयमा सुझाव मागेको छ ।
यसरी मागिएका सुझावमध्ये समितिले प्रदेश र स्थानीय सरकारका साझा अधिकारमा रहेका कर शीर्षकहरु मनोरञ्जन कर, विज्ञापन कर, जरिवाना छुटलगायत विषयमा छलफल भएको हो । समितिका सदस्य सचिव एवं राजस्व विभागका प्रमुख दिपक अधिकारीका अनुसार बैठकको निर्णय प्रमाणीकरण भएपछि प्रदेशमा पठाइनेछ ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App