वि.सं.: २०८३, असर ८ सोमबार
इ.स.: 2026 June 22,MONDAY
वि.सं.: २०८३, असर ८ सोमबार
खोखो प्रतियोगितामा ५० हजार राशीको पुरस्कार : यो नै अहिलेसम्मको ठुलो राशीको पुरस्कार भएको संघको भनाइ
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा पहिलो पटक खोखो प्रतियोगिता हुने भएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल खोखो संघले सामुदायिक विद्यालय स्तरीय प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता सम्बन्धी जानकारी दिन आज काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा, पहिलो पटक महानगरपालिकाव्यापी विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता २०८३ हुन गइरहेको जानकारी दिइएको हो ।
त्यस क्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले, शिक्षा र खेलकुदका कार्यक्रमलाई समानान्तर र समान प्राथमिकताका साथ सञ्चालन गर्ने योजना अनुरुप यो प्रतियोगिता गर्न लागिएको बताउनुभयो । ज्ञवालीका अनुसार ३६ लाख रुपियाँ लागत रहेको प्रतियोगिताका लागि काठमाडौँ महानगरपालिकाले ३० लाख रुपियाँ प्रदान गर्नेछ । संघले ६ लाख रुपियाँ लागत व्यहोर्नेछ ।
संघका अध्यक्ष दिपक महर्जनले, विद्यालय स्तरमा खो खो खेलको विकासमा यो प्रतियोगिताले अवसर प्रदान गर्ने धारणा राख्नुभयो । उहाँका अनुसार प्रतियोगितामा सामुदायिक विद्यालय तह कक्षा १० सम्म अध्ययनरत छात्रछात्रा दुबै समूहका खेलाडीहरुले भाग लिनेछन् । खेल लिग कम नक आउटका आधारमा खेलाइनेछ । प्रतियोगिताको निर्णयका लागि ३० जना निर्णायक मण्डल रहनुहुनेछ ।
प्रतियोगितामा शान्ति निकुञ्ज मा. वि., महांकाल मा. वि., भीमसेनगोला मा. वि., पद्मकन्या मा. वि., जनप्रभात मा. वि., सहिद शुक्र मा. वि., विश्व निकेतन मा. वि., सर्वेश्वर आधारभूत विद्यालय, बाँसबारी मा. वि. र कन्या मन्दिर माध्यमिक विद्यालयले भाग लिएका छन् । यस खेलको एउटा टीमा १२ जना खेलाडी रहनेछन् ।
संघका महासचिव शंकर महर्जनले, १२ औँ र १३ औँ दक्षिण एशियाली खो खो प्रतियोगिताहरुमा लगातार कास्य र रजत पदक दिलाउँदै आएको खेल नेपाली खेलाडी बिच लोकप्रिय हुँदै गएको बताउनुभयो । २०२३ नोभेम्बरमा भारतको गुवाहाटीमा सम्पन्न चौथो एशियन खो खो च्याम्पियनसिप प्रतियोगितामा महिला र पुरुष दुबै तर्फ नेपालले रजत पदक प्राप्त गरेको थियो । यसरी अन्तर्राष्ट्रिय जगतमा राम्रो छवि बनाएको खो खो खेललाई थप विकास गर्न काठमाडौँ महानगरपालिकाले लगानी गरेको हो ।
प्रतियोगिता कीर्तिपुर खो खो हलमा असार १० गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ । १० वटा सामुदायिक विद्यालयका टोलीले भाग लिएको यो प्रतियोगितामा महिलातर्फ १० वटा र पुरुषतर्फ ८ वटा समूहले प्रतिस्पर्धा गर्दैछन् ।
खेलमा १८ टिमका २१६ खेलाडी तथा ३६ प्रशिक्षक र टिम व्यवस्थापक गरी २५२ जनाको प्रत्यक्ष सहभागिता रहनेछ ।
महिला र पुरुष छुट्टाछुट्टै समूहमा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार रुपियाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रो र तेस्रो हुने टीमले क्रमशः २५ हजार रुपियाँ र १० हजार रुपियाँ प्राप्त गर्नेछन् । यस्तै वेष्ट रनर र वेष्ट चेजरलाई जनही १० हजार रुपियाँ नगदसहित मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगिताको महत्वपूर्ण पक्ष भनेको खेलाडीहरुको दुर्घटना बिमा हो । खेल अवधिमा कसैलाई चोटपटक लागेमा १ लाख रुपियाँसम्मको उपचार प्रदान गरिनेछ ।
प्रतियोगिताको लोगोको रुपमा काठमाडौँ दरबार क्षेत्रमा रहेको नौ तले दरबार अगाडि रहेको डबलीमा खो खो खेलिरहेको र पोल डाइभ दिइरहेको चित्रलाई लिइएकोछ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App