वि.सं.: २०८३, असोज ६ मंगलबार
इ.स.: 2026 September 22,TUESDAY
वि.सं.: २०८३, असोज ६ मंगलबार
गर्भ निरोधक अस्थायी लामो अवधिको परिवार नियोजन साधन ३ वर्ष र ५ वर्षका लागि
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट परिवार नियोजनको लामो अवधिको अस्थायी गर्भ निरोधक साधन इम्प्लान्ट सेवा उपलब्ध छ । यसलाई विस्तार गर्ने उद्देश्यसहित स्वास्थ्यकर्मीहरुका लागि पहिलो व्याचको तालिम सुरु भएको छ । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालसँगको सहकार्यमा थालिएको तालिममा वडा नं ५, १७, २३, २६, र २७ का गरी ६ जना स्वास्थ्यकर्मी सहभागी हुनुहुन्छ ।
अहिलेसम्म महानगरपालिकाका वडा नं. १, ३, ५, ८, ९, १०, १४, १६, १९, २०, २५, २८, ३०, ३२ र रामघाट प्राथमिक सेवा केन्द्र गरी १५ वटा स्थानबाट यो सेवा उपलब्ध भइरहेको छ ।
‘तत्काल बच्चा जन्माउन नचाहने तथा जन्मान्तर गर्न खोज्ने महिलाका लागि पाखुरामा राखिने यो भरपर्दाे अस्थायी साधन हो । प्रयोग गर्नु अघि स्वास्थ्यकर्मीले परामर्श गरेपछि मात्र साधन राखिने भएकोले प्रयोगकर्ताहरु यसको लाभका विषयमा ढुक्क हुन सक्नुहुन्छ ।’ परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल, परिवार योजना एकाइका इञ्चार्ज लीना महर्जन भन्नुहुन्छ, ‘यो साधन ३ वर्षका लागि र ५ वर्षका लागि राखिन्छ ।’
यो साधन सबै महिलाले प्रयोग गर्न सक्नुहुन्छ? भन्ने प्रश्नको जवाफमा महर्जन भन्नुहुन्छ, ‘रगत बगेको कारण थाहा नभएका महिलाहरुले यसको प्रयोग गर्नुहुँदैन । यस्तै छारे रोग भएका महिलाले पनि नलगाउनु राम्रो हुन्छ । उच्च रक्तचाप भएका महिलाहरुले प्रेसर नियन्त्रण गरेर स्वास्थ्यकर्मीको परामर्शबाट लगाउन सक्नुहुन्छ ।’
महानगरपालिकाको परिवार नियोजन, प्रजनन स्वास्थ्य तथा किशोरकिशोरी कार्यक्रम फोकल पर्सन चन्द्रा भट्टका अनुसार यस वर्ष इम्प्लान्टका लागि २ याचको तालिम चल्नेछ । एक व्याचको तालिम ८ दिनको हुनेछ ।
यो तालिम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट सूचीकृत इम्प्लान्ट/आइ यु. सी. डी. क्लिनिकल ट्रेनिङ सेन्टरमा मात्र सञ्चालन गर्न सकिन्छ ।







निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App