वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
महानगरले सडक सुरक्षा परीक्षण गर्दैछ — प्रमुख प्रशासकीय अधिकृत अधिकारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाले सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) गर्ने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताउनुभएको छ । अग्नि नियन्त्रकका लागि आजबाट जुद्ध बारुण यन्त्र कार्यालय, नयाँ सडकमा सुरु भएको २ दिने सडक सुरक्षा तालिमको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘सडक, यातायात र ट्राफिक व्यवस्थापनमा काम गर्ने कार्यालय, संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारका बारेमा पनि पुनर्विचार गर्नुपर्ने देखिएको छ । जसलाई जे अधिकार हुनु पर्ने हो? त्यो अधिकार प्राप्त नहुनु, कसले के काम गरिरहेको छ, आपसमा थाहा नहुनुले नतिजा मापन गर्न सकिएको छैन । यसका लागि महानगरले सडक सुरक्षा परीक्षण योजना बनाएको हो । यसले तथ्यमा आधारित नीति निर्माणमा टेवा दिनेछ ।’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ ।
विश्व बैङ्कले गरेको अध्ययनअनुसार नेपालमा सडक दुर्घटनाबाट राष्ट्रिय उत्पादनको १.५ प्रतिशत आर्थिक क्षति व्यहार्नु परेको छ । नेपाल दक्षिण एशियाली मुलुकहरुमा सडक दुर्घटनाबाट जनधनको उच्च क्षति हुने देशमध्येको एक हो । दुर्घटनाबाट ज्यान जाने, अङ्गभङ्ग हुने लगायतका क्षति हुन्छन् । सडक प्रयोगकर्तामध्ये पैदलयात्री, साइकलयात्री र मोटरसाइकल यात्री सडक दुर्घटनाको सबैभन्दा जोखिममा पर्ने गरेका छन् । सन् २०३० सम्ममा पूरा गर्नु पर्ने दिगो विकास लक्ष्यमा सडक दुर्घटनालाई आधा घटाउनु पर्ने सूचक छ ।
तालिम कार्यक्रममा बोल्दै सडक सुरक्षा परिषदका सल्लाहकार सरोज प्रधानले, महानगरको सडक सुरक्षा परीक्षण योजनाबाट महत्वपूर्ण सूचना प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो । ‘गर्नै पर्ने र सडक सुरक्षाको वस्तुगत स्थितिको जानकारी दिने सेफ्टी अडिटका लागि परिषदबाट आवश्यक पर्ने प्राविधिक सहयोग उपलब्ध हुनेछ ।’ प्रधानको भनाइ छ ।
विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार तालिममा दुर्घटना र मानवीयताको कोण, घटनास्थलमा पुग्ने र अवस्थाको विश्लेषण गर्ने, सवारीको अवस्था र त्यसलाई स्थित बनाउने तरिका, खोज, उद्धारका लागि भौतिक साधन तथा उपकरणको व्यवस्थापन, अन्य जोखिम भए त्यसलाई घटाउने वा हटाउने, उद्धार कार्यको समाप्तिलगायत विषय समावेश छन् । तालिमका क्रममा सैद्धान्तिक ज्ञानसहित व्यवहारिक सीपका लागि प्रयोगात्मक कक्षा सञ्चालन हुने श्रेष्ठको भनाइ छ ।
तालिमबाट प्राप्त पृष्ठपोषणबाट आमागी कार्यक्रम तर्जुमा गर्न सघाउ हुने रोटरी क्लव अफ दरबारमार्गका अध्यक्ष एकनारायण ढकालले अपेक्षा गर्नुभयो ।
तालिम काठमाडौँ महानगरसँगको सहकार्यमा सडक सुरक्षा परिषद, सडक सुरक्षा समाज र रोटरी क्लव अफ दरबारमार्गले आयोजना गरेका हुन् । यसका लागि राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण, विश्व स्वास्थ्य संगठन नेपाल, नेपाल इन्ज्युरी रिसर्च नेपाल, नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेन्टरले सहयोग गरेका छन् ।
तालिममा काठमाडौँ उपत्यकाका पालिकाहरुबाट ४० जना अग्नि नियन्त्रक सहभागी हुनुहुन्छ । अग्नि नियन्त्रक नभएका पालिकाहरुबाट पर्यवेक्षक/अवलोकनकर्ताका रुपमा सहभागी गराइएको छ । तालिममा ग्रेटर मेनचेस्टर फायर एण्ड रेस्क्यु सर्भिस, वेलायतबाट रोवट व्रिटल्स र जन्सन स्नुहामले प्रशिक्षण दिनुहुनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App