पहिलो दिन २७५ वटा अनधिकृत परिचय पाटी हटाइयो
काठमाडौँ । सहरका व्यवसायिक पहिचानका राखिएका अनधिकृत २७५ वटा परिचय पाटी हटाइएको छ । मापदण्ड विपरीत र अनुमति नलिई राखिएका परिचय पाटी हटाउने कार्यक्रमको थालनी भएको पहिलो दिन कार्तिक २८ गते काठमाडौँका ४ क्षेत्रबाट यी सामग्री हटाइएको हो । महानगर प्रहरी बलका नगर प्रहरी निरीक्षक लीलाराज गाछाकाअनुसार पूर्वमा गौशालाबाट ९४ वटा, पश्चिममा कालीमाटीबाट ५३ वटा, उत्तरमा महाराजगञ्ज चोकबाट ८० वटा र मध्य क्षेत्र रामशाह पथ पुतलीसडकबाट ४८ वटा सामग्री हटाइएको हो ।
३० वर्गफुटसम्म आकारमा राखिएको एउटा मात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको छ । एकभन्दा बढी बोर्ड भए, ३० बर्गफुटभन्दा ठूलो आकारको भए हटाइएको छ ।
यसका लागि परिचालन गरिएका हरेक टोलीमा कम्तीमा १५ जना खटिएका छन् । उनीहरुले भ¥याङ्, वायर कटर, आइरन कटरलगायतका साधन तथा उपकरण प्रयोग गर्ने गरेका छन् । उनीहरुलाई हेल्मेट, पञ्जालगायत व्यक्तिगत सुरक्षाका साधन उपलब्ध गराइएको छ ।
तस्विर : मञ्जु के. सी.