वि.सं.: २०८३, जेठ १२ मंगलबार
इ.स.: 2026 May 26,TUESDAY
वि.सं.: २०८३, जेठ १२ मंगलबार
धार्मिक र ज्योतिषीय गणनाअनुसार यस वर्ष फागुको मुख्य दिन अर्थात् पूर्णिमा फागुन १८ गते सोमबार परेको छ
काठमाडौँ । काठमाडौँको बसन्तपुरमा रहेको कुमारी घर र गद्दी बैठक छेउमा कपडाको रङ्गीचङ्गी ध्वजायुक्त चीर ठड्याइएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौँकै तँलाछीका धालासिक्व मानन्धर सनाः गू खलका सदस्यहरुले चीर ठड्याउने चलन छ । यो वसन्त ऋतुको आगमन भएको संकेत पनि हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जुराएको साइत अनुसार बिहान ७ बजेर १३ बजे पूर्व फर्काएर चिरोत्थान गरिएको हो ।
यसपछि उपत्यकावासीमा रङ र खुसीको पर्व फागु (होली) को महसुस भएको छ ।
यस वर्ष फागुको उल्लास आगामी आठ दिनसम्म रहनेछ । अष्टमीदेखि पूर्णिमासम्म मनाइने यो पर्वले मानिसहरूलाई जातीय र सामाजिक विभेद बिर्सेर एउटै रङमा समाहित गराउने विश्वास गरिन्छ ।
धार्मिक र ज्योतिषीय गणनाअनुसार यस वर्ष फागुको मुख्य दिन अर्थात् पूर्णिमा फागुन १८ गते सोमबार परेको छ । सोही दिन पहाडी जिल्लाहरूमा रङ खेलेर हर्षाेल्लासका साथ फागु मनाइनेछ । तराईका जिल्लाहरूमा भने त्यसको भोलिपल्ट अर्थात् फागुन १९ गते मङ्गलबार यो पर्व मनाइने तयारी छ ।
समितिले दिएको साइतअनुसार फागुन १८ गते सोमबार साँझ ५ बजेर ३१ बजे मिनेटको साइतमा चीर ढालेपछि पर्व समापन हुनेछ । ढालिएको चीर घिसार्दै टुँडिखेल पुर्याइनेछ । त्यही साँझ ५ बजेर ५१ मिनेटमा चीर दाह (जलाउने) गरिनेछ । चिर जलेसँगै यस वर्षको फागु पर्वले पनि औपचारिक बिदा पाउनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App