वि.सं.: २०८२, मंसिर २२ सोमबार
इ.स.: 2025 December 8,MONDAY
वि.सं.: २०८२, मंसिर २२ सोमबार
हामी पूँजीगत खर्चको लक्ष्यमा पुग्छौँ, त्यसको आधार निर्माण भइसकेको छ - वडाध्यक्ष के. सी.
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १० ले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १० करोड ५७ लाख ४५ हजार ८७२ रुपैयाँ आय गरेको छ । यस अवधिमा २ करोड ७ लाख ४४ हजार १७९ रुपैयाँ खर्च भएको छ । ट्रान्परेन्सी इन्टरनेशनलले वडामा आयोजना गरेको, ‘नेपालमा सुशासनको पहल’ विषयमा वडा नं. १० को आय व्ययका कारेमा वडावासीसँग भएको छलफलका क्रममा यो विवरण दिइएको हो ।
‘चालु आर्थिक वर्षमा वडाले करिब १५ करोड रुपैयाँ खर्च गर्न सक्छ ।’ छलफलमा वडाध्यक्ष रामकुमार के. सी. ले भन्नुभयो, ‘पूँजीगत खर्चमा हामी लक्ष्यमा पुग्छौँ । त्यसका लागि अहिले थालिएका काम सकिए मात्र पनि पुग्छ ।’ सुविधा वितरणका चुनौती औल्याउँदै के. सी. ले थप्दै भन्नुभयो, ‘परिवार बस्न बनाएको घरमा होस्टल चलाउन दिएर सयौँ व्यक्ति बस्ने अभ्यास मौलाएको छ । ५ जना बस्ने ठाउँमा ५० जना बस्न थालेपछि खानेपानी कम हुन थालेको छ । ढल निकासको चाप बढेको छ । होस्टलमा कहाँबाट को आउँछ, को कता जान्छ थाहा नभएर असुरक्षा बढेको छ । यसकारण घरधनीहरुलाई पैसाको मात्र मुख नहेर्न, आवासीय भवनमा व्यवसायिक होस्टल राख्दा हुने नकारात्मक प्रभाव महसुस गर्नु पर्ने बेला भएको छ ।’
वडाले अहिलेसम्ममा, जात्रा पर्व सञ्चालन, स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन, सामुदायिक विद्यालयको शैक्षिक सुधार, लक्षित वर्गलाई सिपमूलक तालिम, ज्येष्ठ नागरिक लक्षित कार्यक्रम, सरसफाइ, खेलकुदका सामग्री खरिद र हस्तान्तरण कार्यक्रम, नृत्य र संगीत प्रशिक्षण, स्वास्थ्य र शिक्षा सचेतना कार्यक्रम, लागू औषध नियन्त्रण तालिम, महामारी रोकथाम र नियन्त्रण कार्यक्रम, सामाजिक विकास सचेतनामूलक कार्यक्रम, युवा उद्यमशील जस्ता कार्यक्रम सञ्चालन भएका छन् ।
वडा सचिव सुवोध खड्काका अनुसार आयतर्फ सबैभन्दा धेरै घर बहालकरतर्फ ६ करोड ३० लाख ३७ हजार ४४४ रुपैयाँ संकलन भएको छ । दोस्रोमा सम्पत्ति करतर्फ २ करोड १६ लाख ४६ हजार ६२६ रुपैयाँ र तेस्रोमा व्यवसाय रजिष्ट्रेसन दस्तुर १ करोड ५७ लाख ८९ हजार ९६० रुपैयाँ संकलन भएको छ ।
चालु आर्थिक वर्षका लागि वडाका ८२ वटा कार्यक्रम स्वीकृत छन् । जसअन्तर्गत सडक कालोपत्रे गर्ने, ब्लक छाप्ने, मर्मत गर्ने, मंगाल सफा गर्ने, ढकन खरिद गर्ने, सोलार राख्ने, ओपन ट्रस राख्ने, सिसिटिभी क्यामरा जडान गर्ने, मर्मत गर्ने, पर्खालमा रङ्गरोगन गर्ने, मन्दिर, ढुङ्गेधाराजस्ता सम्पदा क्षेत्रको संरक्षण गर्ने, नदी सफाइ, प्रवेश द्वार निर्माण, बत्ती जडान गर्ने, सूचना प्रविधिका कार्यक्रमको परामर्श सेवा लगायत कार्यक्रम छन् ।
छलफलमा वडाबासीले डुवान व्यवस्थापनमा लगानी बढाउन, टोलमा बढ्दै गएको मानवीय चाप व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो । यस्तै सिसिटिभी क्यामरा जडान तथा मर्मत कार्यमा नतिजा आउनु पर्ने उहाँहरुको माग थियो । स्वास्थ्य बिमा कार्यक्रममा औषधि नपाएको, उपचार सहज नभएको गुनासा आएका थिए ।
त्यस अवसरमा वडाले विद्यालय, क्लव तथा संघ संस्थाहरुलाई विपद व्यवस्थापन सामग्री, क्यारेम बोर्ड, चेस बोर्ड, व्याटमिन्टनका सामग्रीलगायत खेलकुदका सामान र तबला, हार्मोनियम, मादललगायत बाजागाजा उपलब्ध गराएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App