वि.सं.: २०८२, मंसिर २९ सोमबार
इ.स.: 2025 December 15,MONDAY
वि.सं.: २०८२, मंसिर २९ सोमबार
३२ जना महिला स्वास्थ्य स्वयमसेविका सम्मानित
काठमाडौँ । ३२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गर्दै काठमाडौँ महानगरपालिकाले आज ११ औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस मनाएको छ । राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा हरेक वडाबाट १ जना पर्ने गरी शिफारिस भएर आएका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सम्मान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख शाह, उपप्रमुख डंगोल र प्रमुख प्रशासकीय अधिकृत अधिकारीले महिला स्वास्थ्य स्वयमसेविकाले जनताको घरमा महानगरको उपस्थिति देखाउनुभएको भन्दै प्रशंशा गर्नुभयो ।
‘स्थानीय सरकार नागरिकको आँगनको सरकार हो । नागरिकलाई समस्या पर्दा सरकार देखिनुपर्छ । आधारभूत स्वास्थ्य सेवा दिन होस या महामारी नियन्त्रणको अभियान लिएर होस । तपाईँहरु स्वस्थ्य समाज निर्माण गर्न घर घरमा पुग्नु भएको छ । तपाईँहरुको यो योगदान अतुलनीय छ ।’ प्रमुख शाहको भनाइ थियो ।
त्यस क्रममा उपप्रमुख डंगोलले, समाजका समुदाय समुदायभित्र स्वास्थ्यको पहुँच पु¥याउनमा महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका ठूलो रहेको बताउनुभयो । ‘घर घरमा कसलाई कस्तो समस्या छ भनेर लगत भएका स्वयमसेविकाहरुलाई महानगरले कम आँकलन गरेको छैन । हामी गर्दैनौँ ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘महामारीजस्तो कठिन समयसँग जुध्नका लागि यहाँको क्रियाशीलताले समस्या व्यवस्थापनमा उल्लेखनीय टेवा पुगेको छ ।’
स्वयमसेविका नाम आफैँमा पवित्र छ । यसको पवित्रता कायम गर्न यहाँहरुको काम अरु कुनै चीज वा बस्तुसँग तुलना हुँदैन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले धारणा राख्नुभएको थियो ।
काठमाडौँ महानगरपालिकामा स्वयमसेविकाहरुको व्यवस्थापनका लागि निर्देशिका जारी गर्न कार्यपालिकाबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ । स्वास्थ्य विभागका प्रमुखकाअनुसार २०५१ सालबाट महानगरमा सुरु भएको स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थितिलाई निर्देशिकाले व्यवस्थित गर्नेछ । उहाँकाअनुसार महानगरमा ५५८ जना स्वास्थ्य स्वयमसेविका रहेकोमा अहिले घटेर ५२८ पुगेको छ । कोही विदेश गएकोले, कसैको मृत्यु भएकाले संख्या घटेको हो ।
देशमा आज १९ औँ स्वयमसेविका दिवसका रुपमा कार्यक्रम गरियो । महानगरले भने २०६८ सालमा तालिम दिएर औपचारिकता दिएपछिका बर्षहरुलाई गणना गर्ने गरिएको छ । यसकारण महानगरका लागि ११ औँ दिवस भएको हो ।
दिवसले हामीलाई उर्जा दिएको छ । जनशक्ति र कामलाई व्यवस्थित गर्न निर्देशिका तयार हुनु सकारात्मक कुरा हो । कार्यक्रममा सम्मानित स्वयमसेविकाहरुका तर्फबाट जानुका श्रेष्ठ भण्डारीले भन्नुभयो, ‘स्वयमसेविकाका कामका बारेमा चर्चा गरौँ । यसले नपुगेका कुरा पु¥याउन र कमजोर भएका कामलाई सुधार गर्न मद्दत हुनेछ ।’
नेपालभर करिब ५२ हजार जना स्वास्थ्य स्वयमसेवक छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App