वि.सं.: २०८३, असर ११ बिहीबार
इ.स.: 2026 June 25,THRUSDAY
वि.सं.: २०८३, असर ११ बिहीबार
खो खो प्रतियोगितामा अहिलेसम्मको सर्वाधिक राशीको पुरस्कार
काठमाडौँ । कीर्तिपुर कभर्डहलमा प्रथम उपमेयर कम खो खो प्रतियोगिता २०८३ सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल खो खो संघले सामुदायिक विद्यालय स्तरीय प्रतियोगिता आयोजना गरेको हो ।
खेलमा छात्रातर्फ १० र छात्रतर्फ ८ गरी १८ टीमका २१६ खेलाडी प्रतिस्पर्धामा छन् । प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा खेलाडी, ३६ जना प्रशिक्षक र टीम व्यवस्थापक गरी २५२ जनाको प्रत्यक्ष सहभागिता छ । खेल असार १३ गते समापन हुनेछ ।
प्रतियोगितामा शान्ति निकुञ्ज मा. वि., महांकाल मा. वि., भीमसेनगोला मा. वि., पद्मकन्या मा. वि., जनप्रभात मा. वि., सहिद शुक्र मा. वि., विश्व निकेतन मा. वि., सर्वेश्वर आधारभूत विद्यालय, बाँसबारी मा. वि. र कन्या मन्दिर माध्यमिक विद्यालयले भाग लिएका छन् ।
खेलको शुभारम्भ गर्दै शिक्षा विभागका प्रमुख नमराज ढकालले, महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको क्षमता विकास, व्यक्तित्व विकास र नेतृत्व विकासका लागि खेलकुदका कार्यक्रमलाई शैक्षिक कार्यक्रम जत्तिकै महत्व दिएर सञ्चालन गरिरहेको बताउनुभयो । विद्यार्थीहरुका चाहना र मागलाई थप व्यवस्थित गर्दै कार्यक्रम सञ्चालन गरिने ढकालको भनाइ थियो ।
उद्घाटन अवसरमा संघका अध्यक्ष प्रदीप महर्जन, महानगरपालिका खो खो संघको अध्यक्ष दिपक महर्जनसहित वक्ताहरुले काठमाडौँ महानगरपालिकाबाट सहयोग प्राप्त गरेपछि यस वर्ष प्रतियोगिता सम्भव भएको बताउँदै यसलाई निरन्तरता सञ्चालन गर्ने योजना सुनाउनुभयो । विद्यालय स्तरमा भएका प्रतियोगितामध्ये यो सर्वाधिक राशी पुरस्कार भएको खेल हो । यसमा हामीलाई गर्व छ । उहाँहरुको भनाइ थियो ।
प्रतियोगितामा सामुदायिक विद्यालय तह कक्षा १० सम्म अध्ययनरत छात्रछात्रा दुबै समूहका खेलाडीहरुले भाग लिएका छन् । खेल लिग कम नक आउटका आधारमा खेलाइँदैछ । प्रतियोगिताको निर्णयका लागि ३० जना निर्णायक मण्डल रहनुहुनेछ ।
महिला र पुरुष छुट्टाछुट्टै समूहमा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार रुपियाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रो र तेस्रो हुने टीमले क्रमशः २५ हजार रुपियाँ र १० हजार रुपियाँ प्राप्त गर्नेछन् । यस्तै वेष्ट रनर र वेष्ट चेजरलाई जनही १० हजार रुपियाँ नगदसहित मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगिताको महत्वपूर्ण पक्ष भनेको खेलाडीहरुको दुर्घटना बिमा हो । खेल अवधिमा कसैलाई चोटपटक लागेमा १ लाख रुपियाँसम्मको उपचार प्रदान गरिनेछ ।
प्रतियोगिताको लोगोको रुपमा काठमाडौँ दरबार क्षेत्रमा रहेको नौ तले दरबार अगाडि रहेको डबलीमा खो खो खेलिरहेको र पोल डाइभ दिइरहेको चित्रलाई लिइएकोछ ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App