Logo
  • वि.सं.: २०८२, पुस १० बिहीबार

  • इ.स.: 2025 December 25,THRUSDAY

  • वि.सं.: २०८२, पुस १० बिहीबार

  • वडा ८ मा प्रारम्भिक बाल विकास शिक्षण र नेल आर्टको प्रशिक्षण सुरु 

    ' व्यक्तित्व र सिप विकासबाट महिलाहरुको सशक्तिकरण र स्वावलम्बनका लागि प्रशिक्षणलाई निरन्तरता दिएका छौँ ' - वडाध्यक्ष, संगत 

    काठमाडौँ । सिप सिकाएर महिलाहरुको व्यक्तित्व विकास, सशक्तिकरण र स्वावलम्बनका लागि वडाले विधागत तालिम सञ्चालन गरिरहेको बताउँदै काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले, प्रशिक्षणमा भाग लिन सिकेको सिपलाई आयआर्जनमा रुपान्तरण गर्ने दृढता, न्यूनतम सर्त भएको बताउनुभएको छ । बुधबार प्रारम्भिक बाल विकास (इसीडी) कक्षा सञ्चालन र नेल आर्टको तालिम प्रारम्भ गर्दै उहाँले, महिलाहरुको सवलता र आत्मनिर्भरताका लागि सञ्चालन गरिएका कार्यक्रमबाट आफूले अपेक्षा गरेको नतिजा सुनाउनुभयो । 

    विकासलाई सन्तुलन गर्न पूर्वाधारसँगै सामाजिक र आर्थिक सवलीकरण तथा मौलिकता पुनस्थापनामा काम गरिरहेको बताउँदै उहाँले, नतिजा दिने सानासाना कामलाई पनि ध्यान दिइएको बताउनुभयो । 

    वडा सदस्य सलोनी ओडारीका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) सँगको सहकार्य तालिम सञ्चालन गरिएको बताउँदै तालिमको अवधि पूरा गर्ने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिने बताउनुभयो । 

    प्रशिक्षण दैनिक ५ घण्टा सञ्चालन हुनेछ । नेल आर्टको अवधि १ महिना र मन्टेश्वरीको अवधि ६५ दिनको हो । तालिममा ४० जना प्रशिक्षार्थी सहभागी हुनुहुन्छ । जसमा इसीडीतर्फ २० जना र नेल आर्टमा २० जना हुनुहुन्छ । 


     

  • प्रकाशित मिति बिहीबार १० पुस २०८२ १२:१५ PM