वि.सं.: २०८२, माघ १३ मंगलबार
इ.स.: 2026 January 27,TUESDAY
वि.सं.: २०८२, माघ १३ मंगलबार
विभागीय बैठकमार्फत सम्पन्न कामको जानकारी र आगामी कामको सहजीकरण गर्ने क्रम जारी
काठमाडौँ । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको हाजिरी ७ दिनभित्र पूर्ण रुपमा डिजिटल बनाउन काठमाडौँ महानजगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शिक्षा विभाग र सूचना प्रविधि विभागलाई निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षमा सम्पन्न काम, थालिएका असल अभ्यासका विषयमा जानकारी लिँदै विभागीय र क्षेत्रगत कामको नतिजाका लागि नीतिगत रुपमा गर्नु पर्ने सहजीकरणका विषयमा जानकारी लिने क्रममा आज डंगोलले शिक्षा विभागका अधिकारीसँग छलफल गर्दै यस्तो निर्देशन दिनुभएको हो ।
‘नियमितता विद्यार्थीको मात्र होइन । शिक्षक र कर्मचारीको पनि चाहिन्छ । दिवा खाजालाई डिजिटल हाजिरीसँग आवद्ध गराउनु पर्छ ।’ शैक्षिक सुधारका विषयमा उहाँले भन्नुभयो, ‘हामी एसईईको नजिक आउन लागेका छौँ । गएको वर्ष प्राप्त नतिजा क्रमशः बढाउँदै लैजानुपर्छ । तयारी कक्षा, अतिरिक्त कक्षा, शिक्षक र कक्षा थप लगायत आवश्यक पर्ने कुनै पनि काममा कमजोरी हुन नदिनु । तथ्यले नतिजामा सुधार देखिनुपर्छ । यसमा छुट सुविधा कसैलाई हुँदैन ।’
छलफलका क्रममा भृकुटीमण्डपमा रहेको पुस्तकालयमा गरिएको सहयोगबाट प्राप्त भएको नतिजा, सामुदायिक विद्यालयको पूर्वाधार परीक्षणको प्रतिवेदन, शिक्षामा सिपलगायत कार्यक्रमको गुणस्तर र यसको सुधारका पक्षमा छलफल भएको थियो ।
यस्तै दर्ता भएका तर, सञ्चालनमा नरहेका विद्यालयहरुको खारेजी प्रक्रिया, सामाजिक विकास विभाग अन्तर्गत व्यवसायमा दर्ता भएर सञ्चालित प्रारम्भिक बाल विकासका कक्षाहरुको व्यवस्थापन, विद्यालय स्तरका खेल र अतिरिक्त क्रियाकलाप लगायत विषय समेटिएका थिए ।
छलफलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App