वि.सं.: २०८३, जेठ १३ बुधबार
इ.स.: 2026 May 27,WEDNESDAY
वि.सं.: २०८३, जेठ १३ बुधबार
स्थानीय स्तर खेल आयोजनालाई प्रवर्धन गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा काठमाडौँ महानगरपालिका लगानी बढाउँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘पिएल सिंह टी ट्वान्टी क्रिकेट कप’ आयोजना गर्न बागमती प्रदेश क्रिकेट संघसँग, ‘काठमाडौँ महानगर कप वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता’ आयोजना गर्न काठमाडौँ जिल्ला ब्याडमिन्टन संघसँग र ‘काठमाडौँ महानगरपालिका मेयर कप पौडी प्रतियोगिता’ सञ्चालन गर्न नेपाल पौडी संघसँग सम्झौता गरेको छ । आज काठमाडौँ प्लाजामा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र सामाजिक समितिका संयोजक रामकुमार के. सी. को रोहवरमा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र क्रिकेट संघका सचिव प्रशन्न शाक्य, ब्याडमिन्टन संघका अध्यक्ष दिपक थापा र पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठका बिच सम्झौता भएको हो ।
यी प्रतियोगिताहरु महानगरपालिकासँग संयुक्त व्यानरमा सञ्चालन हुनेछन् ।
क्रिकेट प्रतियोगिताका लागि महानगरपालिकाले ७५ लाख रुपियाँ, ब्याडमिन्टन प्रतियोगिताका लागि ३० लाख रुपियाँ र पौडी प्रतियोगिताका लागि १० लाख रुपियाँ उपलब्ध गराउनेछ । यी प्रतियोगिताका लागि संघहरुले २० प्रतिशत लागत सहभागिता व्यहोर्नु पर्नेछ । क्रिकेट असार ५ गतेभित्र, ब्याडमिन्टन असार २ गतेभित्र र पौडी प्रतियोगिता जेठ २३ र २४ गते आयोजना हुनेछ ।
क्रिकेट प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज गरी ६ वटा महानगरपालिकाबाट खेलाडी सहभागी हुने गरी सञ्चालन गरिनेछ । पौडी राष्ट्रिय स्तरको खुला प्रतियोगिता हो । यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय र ओलम्पियनहरुका बिचमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता अन्तर्राष्ट्रिय पौडी पोखरीमा जेठ २३ र २४ गते आयोजना हुनेछ ।
ब्याडमिन्टन प्रतियोगिता महानगर स्तरीय हो । यसमा सबै वडाबाट खेलाडी सहभागी गराएर सञ्चालन गरिनेछ ।
सम्झौतापछि संक्षिप्त प्रतिक्रियामा कार्यवाहक प्रमुख डंगोलले, स्थानीय स्तरमा खेलकुदलाई प्रवर्धन गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सहकार्य गरिएको बताउनुभयो ।
खेल विकासका लागि सम्बन्धित क्षेत्रका खेलाडी र विज्ञहरुका साथमा बसेर काम गरिरहेको बताउँदै सामाजिक समितिका संयोजक के. सी. ले, सहकार्य, समन्वय र लगानी बढाउँदै लगिने बताउनुभयो ।
महानगरपालिकाले खेल विकासका लागि अगाडि बढाएको हातले ठुलो टेवा पुगेको पौडी संघका अध्यक्ष श्रेष्ठले धारणा राख्नुभयो । यस्तै ब्याडमिन्टन संघका अध्यक्ष थापाले, महानगरपालिकाले गर्व गर्न सक्ने प्रतियोगिता आयोजना गरिने बताउनुभयो । क्रिकेट संघका सचिव शाक्यले, गएको वर्ष महानगरपालिकाको सहयोगमा क्रिकेट कोच उत्पादन गरिएको बताउँदै यस वर्षको सहयोगबाट महानगरपालिकाले खेलको विकासमा गरेको लगानीको प्रतिफल राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुग्ने बनाइने योजना सुनाउनुभयो ।
सम्झौता पछि खेल क्षेत्रको विकासका लागि पूर्वाधार विकास, खेल प्रशिक्षक र खेलाडीलाई प्रोत्साहन, समुदाय स्तरमा खेलकुद कार्यक्रमको प्रवर्धनका लागि गर्न सकिने आपसी कामका विषयमा कुराकानी भएको थियो ।
यी प्रतियोगिता महानगरपालिकाले सञ्चालन गर्ने विषयमा जेठ ३ गतेको कार्यपालिका बैठकले निर्णय गरेको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App