वि.सं.: २०८२, कात्तिक ३० आइतबार
इ.स.: 2025 November 16,SUNDAY
वि.सं.: २०८२, कात्तिक ३० आइतबार
काठमाडौं - काठमाडौं महानगरपालिका वडा नम्बर ४ ले करदातालाई प्रोत्साहन गर्न तेस्रो वर्षको अभियानअन्तर्गत कागतीको बिरुवा वितरण शुरू गरेको छ । यो कार्यक्रमले कर तिर्ने संस्कृतिलाई प्रोत्साहन गर्दै पर्यावरण संरक्षण र आर्थिक लाभलाई जोड दिएको वडाले जनाएको छ ।
वडा अध्यक्ष दिनेश महर्जनका अनुसार, यो अभियान कर तिर्ने सेवाग्राहीहरूलाई लक्षित छ । कार्यक्रमले प्लास्टिक न्यूनीकरण, फोहोर व्यवस्थापन र हरियाली प्रवर्द्धनलाई प्राथमिकता दिएको छ । पहिलो वर्ष (२०८०) मा प्लास्टिक झोलाको सट्टा कपडाको झोला वितरण गरिएको थियो भने दोस्रो वर्ष (२०८१) मा फोहोरबाट बनेको अर्गानिक मल वितरण गरिएको थियो । यस वर्ष, वडाले ७ हजार ८१६ करदातालाई कागतीको बिरुवा वितरण गर्ने लक्ष्य राखेको छ, जसमध्ये हालसम्म २३ सय १० भन्दा बढीलाई बिरुवा वितरण भइसकेको छ ।
यो आर्थिक वर्षमा वडाले ६ करोड ८४ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । प्रत्येक करदातालाई एउटा कागतीको बिरुवा प्रदान गरिने अध्यक्ष महर्जनले जानकारी दिनुभयो । जसले वार्षिक एक बोटबाट एक हजारभन्दा बढी आम्दानी दिन सक्ने उहाँले बताउनुभयो । वडा अध्यक्ष महर्जनले भन्नुभयो, “यो कागतीको बिरुवाले हरियाली बढाउनुका साथै घरायसी खर्चमा समेत बचत गर्छ । कागतीको राम्रो हेरचाह पुर्र्याएमा एउटा बोटले वर्षमा १००/१५० वटा भन्दा धेरै कागती फलाउँछ, जसको बजार मूल्य १० रुपैयाँ प्रति फल हुँदा राम्रो आम्दानी हुन्छ।”
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App