वि.सं.: २०८२, मंसिर ११ बिहीबार
इ.स.: 2025 November 27,THRUSDAY
वि.सं.: २०८२, मंसिर ११ बिहीबार
शिक्षण क्रियाकलाप सञ्चालन हुनु पर्ने ठाउँमा व्यापारिक क्रियाकलाप गरिएकाले भत्काइएको हो — पाण्डे, महानगर प्रहरी बल, प्रमुख
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जन विकास माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएका अवैध सटरहरु भत्काइएको छ । महानगर प्रहरी बलका प्रमुख, वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार विद्यालयको जग्गामा बनाइएका संरचना व्यापारिक क्रियाकलापमा सञ्चालन गरिएको थियो । शैक्षिक गतिविधि सञ्चालन हुनुपर्ने ठाउँमा व्यापारिक गतिविधि सञ्चालनमा रोक लगाएर गएको वर्ष सटर खाली गराइएका थिए । ती खाली सटरहरु आज भत्काइएका हुन् ।
पाण्डेकाअनुसार यसअघि ती सटरहरुमा फलफूल पसल तथा अन्य साना पसलहरू सञ्चालन गरिएका थिए ।
महानगरपालिकाले शैक्षिक संस्थाहरुको जमिन शिक्षण क्रियाकलापमा ल्याउन गएको वर्षदेखि अभियान नै सञ्चालन गरेर काम गरिरहेको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App