वि.सं.: २०८२, पुस ६ आइतबार
इ.स.: 2025 December 21,SUNDAY
वि.सं.: २०८२, पुस ६ आइतबार
वडा १० को सार्वजनिक सुनुवाई सम्पन्न : आधारभूत आवश्यकतादेखि दिगो विकास सम्मका विषय उठान
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा १० ले आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । संघ तथा प्रदेश सभाका सांसद, छिमेकी वडाका जनप्रतिनिधि, विभागका पदाधिकारीलाई उपस्थित गराएर कार्यक्रम सञ्चालन गरिएको थियो ।
सुनुवाईमा सामान्य जीवनयापनका लागि आवश्यक आधारभूत आवश्यकता देखि सहरी समृद्धिका लागि दीर्घकालीन कार्यक्रम निर्माणसम्मका विषयमा गुनासा तथा सुझाव प्राप्त भएका छन् ।
कार्यक्रममा बोल्दै संघीय संसद सदस्य एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले, स्थानीय सरकारमार्पmत जनताका गुनासा सुनुवाई गर्ने प्रणालीलाई संस्थागत गर्ने आफ्नो जिम्मेवारीलाई पूरा गर्ने बताउनुभयो । प्रतिस्पर्धी शिक्षा र पहुँचयुक्त स्वास्थ्य क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकार विच आत्मीय समन्वय हुनुपर्ने, चुनावी दौरानमा राजनीतिक प्रतिस्पर्धा भए पनि विकासमा मिलेर अघि बढ्नु पर्ने बताउनुभयो ।
संघ र प्रदेशले प्रदेश १ को सामुदायिक शिक्षाको विकासका लागि २२ करोड रुपैयाँभन्दा धेरै लगानी गरिसकेको छ । विद्यार्थीहरु भने निजी विद्यालयतिर केन्द्रीत छन् । कार्यक्रममा प्रदेश सरकारका पर्यटन तथा सम्पदा मन्त्रालयको मन्त्री दिपेन्द्र श्रेष्ठले, विकास निर्माणमा राज्यको खर्च भइरहने तथा नतिजा नदेखिने प्रणालीमा सुधारको खाँचो देखाउनुभयो । व्यवस्था परिवर्तन भयो । सोच परिवर्तन भएन । समस्या यही हो । मन्त्री श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा विजुलीका नाङ्गो तारलाई छोप्नु पर्ने, सडक, ढल र खानेपानी वितरण प्रणालीको नियमित मर्मत सम्भार गर्नुपर्ने, युवा केन्द्रीत लागू औषध दुव्र्यसन, रोजगार प्रवर्धन र उद्यमशीलता प्रवर्धनका कार्यक्रम बढाउनु पर्ने सुझाव प्राप्त भएको छ । त्यस्तै फोहोरमैला व्यवस्थापनका लागि क्षेत्र नम्बर १ मा ट्रान्सफर स्टेशन बनाउनु पर्ने, मगर गाउँमा सडक र पानी पु¥याउनु पर्ने, पूजा प्रतिष्ठानमा रहेको ढुङ्गेधाराको पानी पिउन योग्य बनाउनुपर्ने माग छ । महिला उद्यमशीलता प्रवर्धन र उत्पादित बस्तुको बजारीकरणमा नयाँ कार्यक्रम सञ्चालन गर्नुपर्ने, रत्न राज्य विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुन नसकेकोले यसलाई शुरुवात गर्नुपर्ने, बर्खामा रुद्रमती विद्यालयमा पानी पस्ने समस्या समाधान गरिदिनुपर्ने सहभागीको माग छ । मेलम्चीको पानी कतै चुहिएर खेर गइरहेको छ । कतै पानी नै आउँदेन । यसको वितरण प्रणालीलाई मिलाउदिनु प¥यो । सहभागीको माग थियो ।
कार्यक्रममा वडा १० का अध्यक्ष एवं महानगरको सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले, वडाका हरेका व्यक्तिको गुनासो सुन्न सक्ने प्रणाली विकासमा प्रयास भइरहेको बताउनुभयो । कुन समस्याको समाधान को बाट हुन सक्ने हो, समन्वय गराउने काम गर्छौँ । वडाध्यक्ष के.. सी. ले भन्नुभयो, ‘स्वयम्सेविकाले महामारी जस्तो जटिल समयमा योगदान दिएका छन् । यस्तै विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको छ । यी योगदानलाई संस्थागत गरेर नतिजालाई दिगो बनाउँछौँ ।’
कार्यक्रममा प्रदेश सभा सदस्य सुरजचन्द्र लामिछाने, शान्ता ढकाल, वडा २९ का अध्यक्ष कुश ढकालसहित स्थानीयहरु सहभागी हुनुहुन्थ्यो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App