वि.सं.: २०८२, पुस ६ आइतबार
इ.स.: 2025 December 21,SUNDAY
वि.सं.: २०८२, पुस ६ आइतबार
२५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस माघ २ गते : मूल समारोह काठमाडौँ महानगरले तोकेको स्थानमा हुने
काठमाडौं । २५ औँ भूकम्प सुरक्षा दिवसको मूल समारोह काठमाडौँ महानगरपालिकाले तोकेको स्थानमा हुने भएको छ । पुस १८ गते भूकम्प सुरक्षा दिवस मूल समारोह समितिका संयोजक, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संयोजकत्वमा बसेको बैठकले काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गर्दै यस्तो निर्णय गरेको हो । बैठकले यस बर्षका लागि ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नारा तय गरेको छ । गएको बर्ष यस बर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारासहित दिवसका कार्यक्रम मनाइँदैछन् । ०७७ सालमा ‘बहु प्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ ०७८ सालमा ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारा थियो ।
बैठकले मूल समारोहमा प्रधानमन्त्रीलाई प्रमुख अतिथिका रुपमा अनुरोध गर्ने निर्णय गरेको छ । सहरी विकास तथा भवन निर्माण विभागको प्रचार प्रसार उपसमिति गठन गर्ने बैठकको अर्को निर्णय हो । यी दुवै उपसमितिको सदस्य सचिवका रुपमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेटले) ले गर्नेछ ।
बैठकले प्रदेश र पालिका स्तरमा दिवस मनाउन प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट अनुरोध गर्ने, जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले अनुरोध गर्ने, विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, कृतिम घटना अभ्यास गराउने, उद्योगहरुमा जोखिम न्यूनीकरण तथा संरचना निर्माण सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन व्यवस्था मिलाउने निर्णय भएको छ ।
मूल समारोह समितिको निर्णय कार्यान्वयन गर्न आज महानगरको विपद व्यवस्थापन विभागले वडाध्यक्ष र वडा सचिवहरुसँग छलफल गरेको छ ।
छलफलका क्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले, दिवसका कार्यक्रम सुरक्षित, व्यबस्थित र सर्वसाधारणको पहुँच पुग्ने गरी आयोजना गर्नुपर्ने बताउनुभयो । कार्यक्रम सबैले हेर्न र सुन्न सक्ने गरी प्रस्ताव ल्याउनु, विभागका अधिकारीहरुलाई आग्रह गर्नुभयो ।
त्यस क्रममा प्रवक्ता नविन मानन्धरले, सम्भावित विपद क्षति न्युनीकरणका लागि वडा तथा समुदायको क्षमता बढाउनु, सर्वसाधारणको पहुँचमा सन्देशमूलक कार्यक्रम लैजानु दिवस मनाउनुको मूख्य उद्देश्य रहेको बताउनुभयो ।
बैठकमा विभागका प्रमुख रविनमान श्रेष्ठले, प्रस्तावित कार्यक्रम सम्बन्धी प्रस्तुतिकरण गर्दै वडास्तरीय विपद् व्यवस्थापन समितिलाई पूर्ण दिन आग्रह गर्नुभयो । क्षमता अभिवृद्धि गर्ने कार्यक्रमका लागि २ लाख रुपैयाँ र आपतकालीन सामग्री खरिद कार्यका लागि १ लाख रुपैयाँ गरी हरेक वडालाई ३ लाख रुपैयाँ निकासा दिन लागिएको श्रेष्ठको भनाइ छ ।
१९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जोडिएको छ । त्यस बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App