वि.सं.: २०८२, पुस ६ आइतबार
इ.स.: 2025 December 21,SUNDAY
वि.सं.: २०८२, पुस ६ आइतबार
नागरिक संहिता तर्जुमा समितिले काम थाल्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नागरिक संहिता तर्जुमा समितिले आजदेखि काम थालेको छ । उपप्रमुख सुनिता डंगोलको संयोजकतवमा गठित समितिले पहिलो बैठक राख्दै आजबाट काम थालेको हो । पुस ११ गतेको प्रमुखस्तरीय निर्णयबाट समिति गठन भएको हो । समितिको सदस्यमा वडा २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारी, वडा ३२ का अध्यक्ष एवं राजस्व समितिका संयोजक नवराज पराजुली र प्रशासन विभागका प्रमुख दिपक अधिकारी हुनुहुन्छ । सदस्य सचिवमा मानव संशाधन विकास महाशाखाका प्रमुख गंगाधर गौत्तम हुनुहुन्छ ।
जनचासोका विषय संवेदनशीलता हुन्छन् । सहरी विकास र व्यवस्थापनमा महानगरसँगै नागरिकको जिम्मेवारी पनि उत्तिकै हुन्छ । यस्ता विषय उठान गर्दा वा व्यवहार गर्दा संवेदनशीलता अपनाउनु पर्छ । यही विषयलाई व्यवस्थापन गर्न महानगरले नागरिक संहिता जारी गर्ने प्रक्रियाको थालनी गरेको हो ।
बैठकमा उपप्रमुख एवं समितिकी संयोजक डंगोलले, नागरिक संहिता सम्बन्धी विगतका अनुभव, सिकाई र अभ्यासको अध्ययन गरेर कार्यान्वयन योग्य मस्यौदा तयार पारिने बताउनुभयो ।
नागरिकको संहिताजत्तिकै महत्वपूर्ण संहिता जनप्रतिनिधि र कर्मचारीको पनि हुन्छ । यसलाई पनि जारी गर्नुपर्छ । बैठकमा सुशासन समितिका संयोजक तिवारीको भनाइ थियो ।
संहितामा कानुनी कर्तव्य, नैतिक आचरण, शालिन व्यवहार, सहभागिता प्रवर्धन, दोहोरो उत्तरदायित्वलगायत विषय समेट्ने तयारी छ । छलफलका विषयमा स्पष्ट पार्दै सदस्य सचिव गौत्तमले भन्नुभयो, नागरिक अधिकारको कार्यान्वयनका लागि नागरिक वडापत्र राखिने र नागरिकको कानुनी तथा नैतिक कर्तव्य अनुबन्धको संगालो नागरिक संहिता हुने भएकोले यसैअनुरुप मस्यौदा तयार गर्न लागिएको बताउनुभयो ।
नागरिक संहिताका विषयमा विभाग, एकाई तथा आयोजनाहरुबाट सुझाव लिएर मस्यौदा लेखन कार्य थालनी गर्ने योजना छ । पहिलो मस्यौदामाथि वडामार्पmत समुदायमा छलफल हुनेछ । समुदायबाट प्राप्त भएको पृष्ठपोषण थपेर अन्तिम मस्यौदा तयार पारिनेछ । यो मस्यौदा प्रमुखलाई बुझाइनेछ ।
मस्यौदा विधायन समिति, कार्यपालिका हुँदै नगर सभामा पुग्नेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App