वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
२ दिन चल्ने महोत्सव आज समापन हुँदै
                        काठमाडौँ । कोटेश्वरलाई ‘उपभोग्य बस्तु उपलब्धताको पहिचान’ सँग जोडेर पहिचान प्रवर्धन गर्नु पर्नेमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ । शुक्रबार (पुस १२) तीनकुनेमा काटेश्वर महोत्सवको शुभारम्भ गर्दै प्रमुख शाहले, नेपाली उत्पादनसँग व्यापारिक क्षेत्रको पहिचान प्रवर्धन गर्न आग्रह गर्नुभयो ।
‘कोटेश्वरले आफ्ना उत्पादनलाई प्रवर्धन गर्नुपर्छ । पूजाआजाका सामान असनमा पाइन्छ । कपडा किन्न न्युरोड जाने गरिन्छ । मेकानिकल सामग्री त्रिपुरेश्वरमा पाइन्छ भने जस्तै गरेर व्यवसायीहरुले कोटेश्वरमा पाइने सामग्रीको प्रवर्धन गर्दै जानुपर्छ ।’ उहाँले भन्नुभयो, ‘नेपालमा बनेका सामान अलि महङ्गो हुन्छ । यसका उपभोक्ता कम भएर मूल्य धेरै भएको हो । अव उपभोक्ताले नेपाली उत्पादन खोज्दै पसलमा जानुपर्छ । व्यवसायीले पनि नेपाली उत्पादनलाई प्रवर्धन गर्नुपर्छ ।’ 
उहाँले तीनकुने जग्गाको मुआव्जाका विषयमा कुरा गर्दै अहिलेको राजनीतिक अवस्था समस्या समाधान गर्न सक्ने खालको भएको बताउनुभयो ।
महोत्सवले व्यवसायलाई बजारसँग जोडेको छ । त्यस क्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘व्यवसायमा स्थानीय उत्पादनसँगै स्वदेशी उत्पादनलाई जोड्नुपर्छ ।’ कार्यक्रममा वडा नं. ३२ का अध्यक्ष नवराज पराजुलीले, कोटेश्वरमा उत्पादन भएका बस्तु तथा सामग्रीहरु छिमेकी वडामा जानकारी दिन महोत्सवले महत्वपूर्ण  भूमिका खेल्ने बताउनुभयो । 
कोटेश्वर सतीदेवीको वायाँ हात पतन भएर पीठ स्थापना भएको ठाउँ हो । स्थानका विषयमा जानकारी दिँदै वडा सदस्य हीरादेवी पोखरलले, कोटेश्वरमा शिव मन्दिर, सतीदेवीको मन्दिर, गगनेश्वरको मूर्ति रहेको उल्लेख गर्नुभयो ।
महोत्सवले स्थानीय व्यापार प्रवर्धनबाट आर्थिक क्षेत्रमा देखिएका शिथिलतालाई सुधार गर्ने, व्यवसायी र उपभोक्ताका विचमा समधुर सम्बन्ध स्थापना हुने कोटेश्वर व्यवसायी संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका अध्यक्ष गोरखबहादुर थापाको अपेक्षा छ । व्यवसायिक क्रियाकलापसँगै सामाजिक कामका लागि आपसी सद्भाव र भातृत्व विकासका लागि महोत्सवको भूमिका हुनेछ । आयोजकले अपेक्षा राखेका छन् ।
यस अवसरमा बजार क्षेत्रलाई साजसज्जा गरेर आकर्षक बनाइएको छ ।

 
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                        
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        Intern आवेदन प्रणाली
                    
                                    
                        
                        KMC Mobile App
                    
                                    
                        
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                        
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                        
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                        
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                        
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                        
                        KMC Smart Toilet
                    
                                    
                        
                        Metro Mart
                    
                                    
                        
                        KMC Parking  App