वि.सं.: २०८२, पुस ६ आइतबार
इ.स.: 2025 December 21,SUNDAY
वि.सं.: २०८२, पुस ६ आइतबार
वडाध्यक्ष के. सी. को संयोजकत्वमा समुदाय प्रहरी साझेदारी वडा समिति गठन
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १० मा समुदाय प्रहरी साझेदारी वडा समिति पुनःगठन भएको छ । वडाध्यक्ष रामकुमार के. सी. को संयोजकत्वमा गठित समितिको सहसंयोजकमा बानेश्वर प्रहरी वृत्तका प्रहरी निरीक्षक नविन मरासिनी हुनुहुन्छ भने सदस्य सचिवका रुपमा सामुदायिक प्रहरी सेवा वडा १० का प्रहरी हवल्दार ताराराम दयाल हुनुहुन्छ । यसअघि २०७५ सालमा समिति गठन भएको थियो ।
२१ सदस्यीय समितिमा वडा सदस्यहरु सतिस तण्डुकार, नरोज अर्याल, रोहिणी श्रेष्ठ र सुनिता भित्रकोटी सदस्ए हुनुहुन्छ । समाजका अगुवा, महिला समूह, उद्यमी, टोल सुधार समिति, सरसफाइलगायतका अभियानका अगुवा सदस्य हुनुहुन्छ ।
अपराध र सामाजिक विकृति रोकथाम गरेर शान्ति सुव्यवस्था कायम गराउन प्रहरी र समुदाय सँगै मिलेर काम गर्न यसप्रकारको समिति गठन गर्ने गरिएको छ । यसपछि वडा सदस्यहरुको संयोजकत्वमा टोल स्तरीय समिति र विद्यालयका प्रधानाध्यापकहरुको संयोजकत्वमा विद्यालय समिति गठन गर्ने हुनेछ ।
समिति पुन गठन भएपछिको प्रतिक्रियामा वडाध्यक्ष के. सी. ले, वडालाई महानगरका वडामध्येको उत्कृष्ट वडा बनाउन साझा प्रयत्न चाहिएको बताउनुभयो । ‘राजनीतिक आस्था र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साझा प्रयत्न गरौँ । राजधानी सहरको राजधानी वडा बनाउने सपना पूरा हुनेछ ।’ के. सी. ले भन्नुभयो, ‘जनस्वास्थ्य र जनजीविकासँग जोडिएका सवालमा हामी सवेदनशील भएर काम गरिरहेका छौँ ।’
लागू औषध दुव्र्यसनका विषयमा हामीलाई समय समयमा गुनासो र मौखिक उजुरी पर्ने गरेका छन् । त्यो सूचनालाई आधार बनाएर भनिएको ठाउँमा पुग्दा उनीहरु हिँडिसकेका हुन्छन् । यसप्रकारका समस्या समाधान गर्न समुदायको सक्रिय सहभागिता प्रहरीको अपेक्षा हो । त्यस अवसरमा प्रहरी निरीक्षक नविन मरासिनीको भनाइ थियो ।
सामुदायिक सेवा समिति महासचिव अशोक के. सी. ले समुदायको व्यवस्थापनका लागि सामाजिक व्यवस्थाका चक्रहरुको अन्तरघुलन आवश्यक रहेको उल्लेख गर्नुभयो । समाज व्यवस्थापनमा सबैको धारणा एउटै हुनुपर्छ । के. सी. को भनाइ थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App