लैङ्गिक हिंसाविरुद्ध वडा स्तरीय महिला सञ्जाल गठन र कार्यविधिबाट सञ्चालन गर्ने काठमाडौँ पहिलो पालिका — उपप्रमुख डंगोल
काठमाडौँ । ‘लैङ्गिक हिंसा विरुद्ध ‘वडा स्तरीय महिला सञ्जाल’ गठन र कार्यविधिबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिका पहिलो भएको हो । अब घरायसी समस्या आँगनमा भएको वडाबाट मेलमिलापका माध्यमबाट समाधान हुनेछ ।’ काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिका संयोजक सुनिता डंगोल भन्नुहुन्छ, ‘सामाजिक न्यायमा आधारित समाज निर्माण र न्यायिक समितिको न्याय निरुपणका काममा सञ्जालका कामले योगदान गर्नेछ ।’ सञ्जालका संयोजक तथा सदस्यहरुलाई काम, कर्तव्य र अधिकार तथा सञ्चालन प्रणालीका बारेमा जानकारी दिन आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा उहाँले आज यस्तो बताउनुभएको हो ।
सञ्जाल सञ्चालन तथा व्यवस्थापनका लागि प्रति वडा ५० हजार रुपैयाँ व्यवस्थापन खर्च विनियोजन गरेका छौँ । यसबाट कार्य सञ्चालन प्रणाली अवरोध विना सञ्चालन हुने अपेक्षा गरेकी छु । उपप्रमुख डंगोलले सञ्जालहरुसँग आशा राख्नुभयो ।
काठमाडौँ महानगरपालिका महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९ महिला वडा सदस्य संयोजक रहने व्यवस्था छ । महिला हिंसाविरुद्ध वडा तहमा क्रियाशील संस्थाका प्रतिनिधिमध्ये २ जना र महिला अधिकारको क्षेत्रमा काम गर्ने मेलमिलापकर्ता, कानुन व्यवसायी, समाजसेवी वा पत्रकारमध्येबाट १ जना गरी ३ जना सदस्य संयोजकले छनौट गर्न पाउने प्रबन्ध बमोजिम सञ्जाल गठन भएका छन् । दलित महिला सदस्य र नजिकको प्रहरी कार्यालयका सम्भव भएसम्म महिला प्रतिनिधि समितिको सदस्य राखिएको छ । वडा सचिव सदस्य सचिव हुनुहुन्छ ।
सञ्जालबाट महानगरले राखेको अपेक्षाका विषयमा कुरा गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, उजुरीउपर धेरै सुन्नु र थोरै बोलेर प्रतिक्रिया दिनु पर्ने बताउनुभयो । ‘विवादको साटो, मेलमिलापको बाटो’ हाम्रो लक्ष्य हो । यसका लागि मनदेखि काम गरौँ भन्ने सञ्जालका सदस्यहरुमा देखिएको भावनाले निश्चय नै सुखद परिणाम ल्याउनेछ । अधिकारीको भनाइ थियो ।
अभिमुखीकरणमा कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले प्रस्तुतिकरण गर्दै, देवानी प्रकृतिका सबै उजुरीमा सञ्जालले मेलमिलाप गराउन सक्ने धारणा राख्नुभयो । पक्ष र विपक्ष दुवै पक्षको हितै हित र जीतै जीत गराएर न्यायिक मन भएका व्यक्तिहरु हुनुहुन्छ भन्ने अनुभूति गराउनु सञ्जालको मूख्य काम भएको उल्लेख गर्नुभयो ।
खर्च हुन्छ । मेरा कुरा सुनिँदैनन् । न्याय पाउन सक्दिन । समय धेरै लाग्छ । प्रणालीमा विश्वाश लाग्दैन । जस्ता धारणा बनाएर पीडामा भएका मानिसहरु सम्पर्कमा नआउने गरेको अध्ययनले देखाएको छ । आचार्यले भन्नुभयो, ‘व्यक्तिका पीर मर्का बुझेर समस्याको समाधानका लागि काम गर्नु मुख्य जिम्मेवारी हो ।’
नातिनीले केटा साथीसँग रक्सी खाएर रातको समयमा चक्कु देखाउँदै लाखौँ पैसा मागेर समस्या गराएको जस्ता फरक प्रकृतिका समस्या आउनुले परिवर्तित सामाजिक प्रणालीको एउटा उदाहरण हो । कतिपय समस्यामा पुरुष हिंसामा परेका छन् । कहिलेकाहीँ रातको १२ बजे कुटपिट भयो बचाइदिनु भन्दै फोन आउँछ । हामी निदाउँदा कसैको जीवन वर्वाद हुन सक्छ । त्यसैले रातविरात समस्या समाधानमा जानुपर्छ । - संयोजक
अभिमुखीकरणमा सञ्जालका सबै संयोजकहरुले आफूले सम्पादन गरेका कामका बारेमा अनुभव सुनाउनुभएको थियो । सासु वुहारी नमिलेका, सासु वुहारी मिलेका छोरीहरुलाई मन नपरेको, छोरा बुहारी नमिलेपछि बाबु आमालाई समस्या भएको, पाको उमेरका बाबुआमालाई रेखदेख नगरेको, सम्पत्तिको विवाद, किशोरीहरुलाई गर्भ धारण गराउने युवक वेपत्ता भएको, कोठा भाडामा लिने मानिस सम्पर्कमा नभएको जस्ता विवाद आउने गरेको उहाँहरुको अनुभव छ । अन्तरजातीय विवाह भनेर वृहारीलाई गृह प्रवेश नगराउने, पैसा चाहियो भनेर बाबु आमा धम्क्याउने, रक्सी र लागू औषध खाएर मनपरी भन्ने, कुटपिट गर्ने, घरमै चोरी गर्ने, लेनदेनको विवाद, वोक्सीको आरोप जस्ता विवाद वडाहरुमा आउने गरेका छन् । नातिनीले केटा साथीसँग रक्सी खाएर रातको समयमा चक्कु देखाउँदै लाखौँ पैसा मागेर समस्या गराएको जस्ता फरक प्रकृतिका समस्या आउनुले परिवर्तित सामाजिक प्रणालीको एउटा उदाहरण हो । कतिपय समस्यामा पुरुष हिंसामा परेका छन् । कहिलेकाहीँ रातको १२ बजे कुटपिट भयो बचाइदिनु भन्दै फोन आउँछ । हामी निदाउँदा कसैको जीवन वर्वाद हुन सक्छ । त्यसैले रातविरात समस्या समाधानमा जानुपर्छ । संयोजकहरुले अनुभव सुनाउँदै भन्नुभयो, कतिपय भन्नै नसकिने घटना व्यहोर्नु पर्छ । हामीले पहिलेदेखि काम गर्दै थियौँ । अहिले कार्यविधि बनेपछि कामको सूची, अधिकार र दायित्व स्पष्ट भएको छ । अबको आवश्यकता भनेको अरुलाई न्याय दिनुपर्ने हामी आफैँलाई पनि कानुनी ज्ञानमा सक्षम बनाउनु हो । महानगरले हाम्रो क्षमता विकास गराउने कार्यक्रम चलाइदिनुपर्छ ।
त्यस क्रममा उहाँहरुले बैठक बस्ने तालिका, बैठकका एजेन्डा, समस्या घटाउन सञ्चालन गरिएका सचेतनाका दिवस विशेष तथा विद्यालय स्तरीय कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।
हिंसा, शोषण, दमन भेदभाव तथा अन्य कारणले अन्यायमा परेका महानगरमा बस्ने महिलाहरुमा छिटो न्यायको पहुँच पु¥याउन महिला सञ्जाल गठन गरिएको हो । यसबाट महानगरलाई लैङ्गिक उत्तरदायी स्थानीय सरकारको लक्ष्य पूरा गर्न सहज हुनेछ ।
सञ्जालमा हिंसा पीडित तथा प्रभावितबाट उजुरी वा निवेदन आउनेछ । ती उजुरीमा कानुनबमोजिम कानुनी र मनोवैज्ञानिक परामर्श उपलब्ध गराउने, आवश्यक पर्ने भए तत्काल स्वास्थ्य सेवा तथा उपचार, राहत र आर्थिक सहयोग उपलब्ध गराउने काम सञ्जालले गर्नेछ । यसका लागि निःशुल्क स्वेच्छिक कानुनी सेवा उपलब्ध गराउन संघसंस्थाहरुसँग समन्वय र सहजीकरण गर्न सक्नेछ ।
संविधान र कानुन प्रदत्त महिला अधिकारको प्रयोगलाई प्रवर्धन गर्ने, महिला हिंसा निवारणका लागि महानगरले लिएको नीति कार्यान्वयन गर्ने, प्रचलित कानुनबमोजिम पीडितको निवेदनमाथि कारवाही गर्न न्यायिक समिति, प्रहरी वा अन्य सम्बद्ध निकायमा पठाउने काम समितिको हुनेछ । सामाजिक न्याय र सामाजिक पुनस्र्थापनाका लागि न्यायिक र अर्धन्यायिक निकाय, सामुदायिक र लोककल्याणकारी संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्ने दायित्व सञ्जाललाई दिइएको छ । सञ्जालले गरेका कामको चौमासिक प्रगति प्रतिवेदन न्यायिक समितिमा पेश गर्नु पर्ने व्यवस्था छ ।
समितिले गरेका काम कारवाहीको उपप्रमुखबाट अनुगमन र सुपरीवेक्षण हुनेछ ।