वि.सं.: २०८२, पुस १६ बुधबार
इ.स.: 2025 December 31,WEDNESDAY
वि.सं.: २०८२, पुस १६ बुधबार
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला, सुत्केरीपछि जागिरमा फर्किनु पर्ने महिलाहरुलाई रेखदेख आवश्यक
काठमाडौँ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती भएका महिला लगायत व्यक्तिका लागि विशेष हेरचाह र रेखदेख चाहिएको छ । सुत्केरीपछि जागिरमा फर्किनु पर्ने महिलाहरुका लागि परामर्श चाहिएको छ । यो आवश्यकता पूरा गर्न काठमाडौँ महानगरपालिकाले भित्री सहरी क्षेत्रमा एउटा र बाहिरी सहरमा एउटा ‘नमूना हेरचाह सेवा केन्द्र’ सञ्चालन गर्ने योजना बनाएको छ । केन्द्रका विषयमा जानकारी दिँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘यसप्रकारको सेवा नयाँ हो । नयाँ काम गर्दा यसका प्रभाव मूल्याङ्कन गर्दै जानुपर्छ । प्रारम्भ गरिएका केन्द्रहरुको प्रभावकारिताका आधारमा सेवा थप गर्ने वा नगर्ने निर्णय गर्न हुनेछ ।’
उहाँले आज यूएन वुमनका प्रतिनिधिहरुसँग हेरचाह सेवाका विषयमा कुराकानी गर्दै यस्तो जानकारी दिनुभएको हो ।
विश्वमा तीव्र सहरीकरण हुँदै गएपछि सामाजिक संरचना परिवर्तन भएका छन् । यसकारण परिवारको साथ आवश्यक पर्ने समयमा व्यक्तिहरु एक्लै बन्न थालेका छन् । यसले सिर्जना गर्ने सामाजिक समस्या बढ्न नदिन हेरचाह र रेखदेखसँग सम्बन्धित सेवाको आवश्यकता बढ्दै गएको छ । हेरचाह र रेखदेखसँग सम्बन्धित कामसँग महिलाहरुको अवस्था र समस्या जोडिने भएकोले यो सेवासँग महिला अधिकार, सशक्तिकरण, दक्षता अभिवृद्धि जस्ता कार्यक्रम जोडिन्छन् । यस्तै रोजगार र आयआर्जनसँग पनि जोडिन्छ । यसप्रति हामी उत्तरदायी भएर काम गरिरहेका छौँ । डंगोलले बताउनुभयो ।
छलफलमा सहरीकरणले सिर्जना गरेको अवस्थासँगै विद्यमान लैङ्गिक समता र समानताको अवस्था, सोच र यसको रुपान्तरणका सवाल पनि छलफलमा उठाइएका थिए ।
हेरचाह र रेखदेखमा निजी तथा सामुदायिक संघसंस्थाहरुको दायित्व, लगानी र भूमिका, केयर इकोनोमी (हेरचाह अर्थतन्त्र) देखि केयर सिस्टम (हेरचाह प्रणाली) सम्मको चक्रमा केयर इन्टरप्रेनरसिप (हेरचाह उद्यमशीलता) नमूना कार्यक्रमबाट प्राप्त पृष्ठपोषणका आधारमा अगाडि बढाउन सकिने सम्भावना छलफलमा उठेको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App