Logo
  • वि.सं.: २०८३, असोज २८ बुधबार

  • इ.स.: 2026 October 14,WEDNESDAY

  • वि.सं.: २०८३, असोज २८ बुधबार

  • ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था अभिलेखन थालनी 

    ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था अभिलेखन थालनी 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा ५ मा ६८ बर्ष उमेर समूहका ५३० जना ज्येष्ठ नागरिकमध्ये ३३४ जनाले नियमित रुपमा मधुमेह र उच्च रक्तचापको औषधि सेवन गर्नुहुन्छ । जनस्वास्थ्य विभागले गएको फागुन १४ गतेदेखि १६ गतेसम्म १ हजार ६६८ घरपरिवारमा पुगेर संकलन गरेको तथ्याङ्कले यो अवस्था देखाएको हो । 

    यसरी औषधि सेवन गरिरहेका विरामीहरुले कुन कुन औषधि सेवन गर्नुहुन्छ? अभिलेख उतार्न र अहिलेको अवस्था कस्तो छ? परीक्षण गर्न आइतबारबाट ३ दिने ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सुरु भएको छ । शिविरमा गंगालाल हृदय केन्द्रका कार्डियोलोजिष्ट डा. संजिता अन्सारीसहित विशेषज्ञ चिकित्सक स्वास्थ्य परीक्षणमा खटिनुभएको छ । त्यस्तै स्त्री तथा प्रसुति रोग विषेशज्ञ डा. सुनिता शर्मा, महानगरका मेडिकल अफिसर प्रशान्त भट्टलगायत स्वास्थ्यकर्मी शिविरमा हुनुहुन्छ । 

    शिविरबाट प्राप्त सूचनाका आधारमा उहाँहरुलाई औषधि उपलब्ध गराउने महानगरको योजना छ ।  

    ज्येष्ठ नागरिकको स्वास्थ्य आफ्नो सरोकार रहेको बताउँदै वडा ५ का अध्यक्ष वीरेन्द्र प्रजापती भन्नुहुन्छ, ‘स्वास्थ्य उपचारलाई सरल, सहज र पहुँचयुक्त बनाउन सकियो भने नागरिकलाई ठूलो राहत प्राप्त हुन्छ । यसका लागि काम भइरहेको छ ।’

    वडा ५ बाट थालिएको कार्यक्रम अन्य वडामा विस्तार गर्दै लैजाने योजना छ । जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल भन्नुहुन्छ, ‘तथ्याङ्कबाट योजना बनाउन सजिलो हुन्छ । योजनावद्ध कामले लक्ष्य हासिल गर्न सहज बनाउँछ ।’

    वडा ५ मा तथ्याङ्क संकलन गर्दा ६८ बर्ष उमेर समूहका नागरिकलाई सहभागी गराइएको थियो । रक्तचाप तथा मधुमेह परीक्षण र औषधि वितरण कार्यक्रमका संयोजक ल्याब टेक्निसियन अफिसर राधिका कुइँकेल, अभिलेखको प्रयोजनका बारेमा जानकारी दिँदै भन्नुहुन्छ, ‘शिविरबाट प्राप्त तथ्याङ्कले महानगरलाई स्वास्थ्य नीति तथा कार्यक्रम बनाउन सहयोग गर्नेछ ।’

    हिजो  ९७ जनाले स्वास्थ्य परीक्षण गराउनुभयो ।  

  • प्रकाशित मिति सोमबार ७ चैत २०७९ ०७:१५ AM