वडा २५ को अध्यक्षमा डंगोल निर्वाचित : वडाको दलित महिला सदस्य पद खाली
काठमाडौँ । काठमाडौँ महानगरको वडा नं. २५ को अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार राजेश डंगोल निर्वाचित हुनुभएको छ । गएको बै्रशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को परिणाम घोषणा गर्दै आज मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौँले यस सम्बन्धी जानकारी दिएको हो । डंगोलले ९१३ मत प्राप्त गर्नुभउको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका बाबुराजा महर्जनले ८०१ मत प्राप्त गर्नुभएको छ ।
वडाको महिला सदस्यमा १ हजार ११७ मत ल्याएर रुपा प्रजापती, वडा सदस्य पदमा ९३५ मत ल्याएर कृष्ण प्रजापती र ९३२ मत ल्याएर लिनोदवीर सिंह तुलाधर निर्वाचित हुनुभएको छ । उहाँहरु नेपाली कांग्रेसको उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
वडाको दलित महिला सदस्य पदमा कसैको पनि उम्मेदवारी नपरेकाले पद खाली नै छ ।
वडाध्यक्ष पदका लागि ४ जना स्वतन्त्रसहित ९ जनाको उम्मेदवारी परेको थियो । यसैगरी महिला सदस्य पदमा ५ जना र सदस्य पदका लागि १० जनाको उम्मेदवारी परेको थियो ।
वडामा दलित महिला सदस्य पदमा कसैको पनि उम्मेदवारी नपरेकोले यो पद खाली छ । यसरी दलित महिला सदस्य पदमा उम्मेदवारी नपर्ने २ वटा वडामध्ये अर्को वडा २४ हो ।
वडा २५, माँसगल्ली
अध्यक्ष
१) गौत्तममान श्रेष्ठ — राष्ट्रिय प्रजातन्त्र पार्टी — १२९
२) चन्दनकुमार शाक्य — स्वतन्त्र — ५
३) डार्विन श्रेष्ठ — स्वतन्त्र — ४१२
४) पुरुषोत्तम साहुखल प्रजापती — स्वतन्त्र — ४७४
५) बाबुराजा महर्जन — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ८०१
६) राजेश डंगोल — नेपाली कांग्रेस — ९१३ विजयी
७) राजेशप्रसाद श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ६४२
८) सञ्जयराज शर्मा — स्वतन्त्र — १८१
९) सुनिल श्रेष्ठ — विवेकशील साझा पार्र्टी — ३२
महिला सदस्य
१) विमला श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ६४७
२) मञ्जु श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ७५७
३) रजिसा तुलाधर — राष्ट्रिय प्रजातन्त्र पार्टी — ३०६
४) रुपा प्रजापती — नेपाली कांग्रेस — १११७ विजयी
५) सजना बज्राचार्य — स्वतन्त्र — ५०३
दलित महिला सदस्य पदमा उम्मेद्वारी नपरेको
सदस्य
१) किरण महर्जन — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ६३६
२) कृष्ण प्रजापती — नेपाली कांग्रेस — ९३५ विजयी
३) मनोज कर्माचार्य — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ८१०
४) रविन्सन कंसाकार — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ८६५
५) लिनोदवीरसिंह तुलाधर — नेपाली कांग्रेस — ९३२ विजयी
६) सञ्जय महर्जन — राष्ट्रिय प्रजातन्त्र पार्टी — २९०
७) सरोजप्रसाद श्रेष्ठ — स्वतन्त्र — ५५४
८) सरोज महर्जन — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ७८६
९) सुमनराज जोशी — स्वतन्त्र — १६०
१०) सुरज प्रजापती — राष्ट्रिय प्रजातन्त्र पार्टी — १८८