वि.सं.: २०८२, माघ ७ बुधबार
इ.स.: 2026 January 21,WEDNESDAY
वि.सं.: २०८२, माघ ७ बुधबार
सुरक्षाको साथ लिएर काठमाडौँको फोहोर ढुवानी सुरु
बैशाख २४
काठमाडौ । बैशाख ११ गतेदेखि अवरुद्ध फोहोर ढुवानी आजबाट सुरु भएको छ । काठमाडौँ महानगरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथ लिएर फोहोर ढुवानीलाई नियमित गरेको हो । वातावरण तथा कृषि विभागका निमित्त प्रमुख सरिता राईकाअनुसार सडक निर्माणको माग राखेर स्थानीयले फोहोर ढुवानी अवरुद्ध गरेको यो तेस्रोे पटक हो ।
‘स्थानीयसँग नियमित छलफल भइरहेको छ । सडक निर्माणको काम पनि राम्ररी भइरहेको छ । अहिले स्थानीयहरु राजमार्गमा फोहोरका गाडी गुड्न नदिने भन्न थाल्नुभयो । त्यसपछि हामीले गृह मन्त्रालयलाई अवस्थाका विषयमा जानकारी गराएर सहयोग मागेका हौँ ।’ राई भन्नुहुन्छ, ‘आज मुड्खुदेखि तीन पिप्लेसम्मको सडक खण्डको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिनुभएको छ । आज दिनभरि प्रहरी परिचालन गरिएको थियो । विहान १०ः३० बजेसम्ममा करीव १४६ ट्रक फोहोर खसालिसकियो । आज दिनभर फोहोर ओसार्ने योजना छ ।’
स्थानीय मागका विषयमा बैशाख २२ गते गरिएको छलफलमा आन्दोलनरत पक्षले कुनै पनि शर्तमा फोहोर ढुवानी गर्ने गाडी सञ्चालन गर्न नदिने अडान राखेपछि समस्या जटिल बनेको थियो । निमित्त विभागीय प्रमुख राईले अवस्था सुनाउनुभयो ।
यसअघि स्थानीयबासीले सडक कालोपत्रे हुनु पर्ने माग राखेर चैत १८ गतेदेखि दोस्रो पटक अवरोध गरेका थिए । सडक निर्माण कम्पनीले कालोपत्रे कार्यलाई सुचारु गर्ने प्रतिवद्धता जनाएपछि चैत २७ गतेबाट कामलाई सहज बनाउन विहानको समयमा मात्र फोहोर ढुवानी गर्ने गरिएको थियो । फागुन र चैत महिनाको अवरोधमा ३३ दिन फोहोर संकलन हुन सकेको थिएन । यसपटक बैशाख ११ गते रोकिएको आजबाट खोलिएको छ ।
पटक पटक फोहोर ढुवानीमा समस्या आएपछि महानगरको वातावरण तथा कृषि विभागले जैविक फोहोरलाई घरमै व्यवस्थापन गरेर सहयोग गर्न महानगरबासीलाई आग्रह गर्दै आएको छ । विभागका निमित्त प्रमुख राईले, जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै दिनमा संकलन गर्ने योजना सुनाउनुभयो ।
सडक निर्माणलगायत माग राखेर फोहोर ढुवानीमा स्थानीयबाट अवरोध भएपछि गएको फागुन २६ गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सहरी विकास मन्त्रीको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गरेको छ । ल्याण्डफिल साइटमा देखिएका समस्या समाधानका लागि यस अघि गरिएका प्रतिवद्धताको कार्यान्वयन, साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्न समिति गठन गरिएको हो ।
यही दिन काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ¥यापिड एक्सन टाक्सफोर्स गठन भएको छ । फोहोर व्यवस्थापनका लागि स्थलगत अवस्था मिलाउन तथा फोहोर व्यवस्थापन सम्बन्धी कानुनी र व्यवहारिक समस्यामा समाधानमा सहजीकरण गर्न यो फोर्स बनाइएको हो ।
उपत्यकाका सबै नगरबाट दैनिक उत्पादन हुने करिब १२ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन हुने गरेको छ । जसमध्ये करिव ५ सय ४५ मेट्रिक टन फोहोर काठमाडौँ महानगरको हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App