वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
इ.स.: 2025 December 5, FRIDAY
वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
आज करिब १२ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा लगियो
काठमाडौँ । आज काठमाडौँ उपत्यकाबाट १५७ ट्रक अर्थात करिब १२ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा लगिएको छ । जेठ १० र ११ गते बञ्चरे डाँडास्थित साइटमा फोहोर व्यवस्थापन गरिएको थियो । जेठको १२, १३ र १४ गतेसम्म सिसडोलमा अन्तिम विसर्जन गरिएको थियो । त्यसपछि स्थानीय अवरोधकाकारण फोहोर ढुवानी रोकिएको थियो ।
फोहोर ढुवानी रोकिएपछि महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले सहरी विकास मन्त्री, बागमती प्रदेशका मुख्य मन्त्रीसहित क्षेत्रगत अधिकारी तथा सरोकारवालासँग भेट गरेर समस्या समाधानका लागि छलफल गर्नुभएको थियो ।
यसै क्रममा जेठ २३ गते सहरी विकास मन्त्रालयमा बसेको बैठकले त्रिपक्षीय प्रतिवद्धता गरेर फोहोर व्यवस्थापन खोल्ने निर्णय गरेको थियो । सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोलको रोहबरमा त्रिपक्षीय प्रतिवद्धतामा हस्ताक्षर भएको थियो । हस्ताक्षरमा बञ्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाकातर्फबाट निर्देशक रविन्द्र वोहोरा, काठमाडौँ महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््याल र धुनिबेँसी नगरपालिकाकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले हस्ताक्षर गर्नुभएको भएको छ ।
यसैका आधारमा आजदेखि फोहोर ढुवानी थालिएको हो । ढुवानीका क्रममा स्थानीयहरुले अवरोध कायमै राखेपछि १४ जना व्यक्तिलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर साँझ ५ बजे छोडेको थियो । आफूले उठाएका मागहरु सम्बोधन नभएको जनाउँदै उनीहरुले सडक अवरोध गर्न खोजेका थिए ।
हामीले मध्यान्न १२ बजेदेखि फोहोर ढुवानी सुरु गरेका थियौँ । ल्याण्डफिल साइट इन्जार्च ईञ्जिनियर सरकारदीप श्रेष्ठ भन्नुहुन्छ, ‘साँझ ५ बजेसम्म पनि ढुवानी कार्य जारी नै थियो ।’
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App