वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
इ.स.: 2025 December 5, FRIDAY
वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
ल्याण्डफिल साइटमा फोहोरको गन्धभन्दा मिथेनको गन्ध बढी
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ओखरपौवास्थित ल्याण्डफिल साइटमा वातावरण प्रदुषणको समस्या देखाएको छ । नास्टको यो दोस्रो अध्ययन हो । यसअघि २०७८ असार १ गतेको सम्झौताबमोजिम अध्ययन गरेर माघ १४ गते अध्ययन प्रतिवेदन बुझाएको थियो ।
‘अहिलेको गन्ध मापन गरिएको हो । हामीले साइटको माथिल्लो भागमा गएर पूर्व, पश्चिम, मध्य र दक्षिणतर्फको भागमा अलसेक्टोमिटर उपकरण प्रयोग गरेर गन्धको मापन ग¥यौँ । नास्टका वरिष्ठ बैज्ञानिक डा. भोजराज पन्त भन्नुहुन्छ’, ‘साइटको पूर्वतर्फ खोल्सोमा फोहोरको गन्ध अलि बढी छ । अन्य ठाउँमा फोहोरकोभन्दा मिथेन ग्याँसको गन्ध धेरै भेटियो । बाटोमा दक्षिणतर्फ गन्ध कम छ । हुनत, अध्ययन गरिएको समयमा हावाको वहावले पनि गन्धलाई फरक पार्छ ।’
डा. पन्तकाअनुसार साइटभित्रबाट मिथेन ग्याँसबाहिर ल्याउन भेन्ट नभएकोले भित्र धेरै ग्याँस भरिएको छ । यसलाई ड्रिल गरेर बाहिर ल्याउनुपर्छ । यसको व्यवस्थापनका लागि छिमेकी गाउँमा खाना पकाउने प्रयोजनका लागि वितरण गर्न सकिन्छ । साइटमा कति परिमाणमा ग्याँस छ? कति निकाल्न सकिन्छ? र कसरी वितरण गर्न सकिन्छ । यसका लागि थप अध्ययन आवश्यक पर्ने उहाँको भनाइ छ ।
महानगरका प्रमुख बालेन्द्र शाह भन्नुहुन्छ, ‘साइट व्यवस्थापनका लागि गन्धसँगै पानी, माटोजस्ता क्षेत्रको अध्ययन गर्नुपर्छ । यसका लागि पनि हामीले नास्टलाई पत्राचार गरेका छौँ । यसका आधारमा डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहभागी भएको टोलीले प्रारम्भिक अध्ययन गरेको छ ।
अध्ययनबाट प्राप्त जानकारी उल्लेख गर्दै प्रमुख शाहले भन्नुभयो, ‘लिचेड मिसिनु भन्दा अगाडि, लिचेड मिसिएको ठाउँ र लिचेड मिसिएको ठाउँभन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर प्रारम्भिक अध्ययन गरिएको छ । यी ठाउँबाट संकलन गरिएका ३ वटा नमूनाहरुको तुलनात्मक अध्ययनबाट स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा लिचेडको मात्रा धेरै देखिएको छ । यहीकारण जलमा बस्ने जीवजन्तुमा नकारात्मक असर परेको अध्ययनले देखाएको छ ।’
पानी प्रदुषण र लिचेड सम्बन्धी अन्तिम रिपोर्ट आएपछि अल्पकालीन मध्यकालीन र दीर्घकालीन समाधानका उपाय खोजिने प्रमुख शाहको भनाइ छ ।
यसैगरी अमृता पौडेल नेतृत्वको टोलीले सिसडोल साइटलाई गन्धमुक्त बनाउन बनाउन चाहिने जीवातुको मात्रा र छर्ने बिधि निक्र्यौल गरेको छ । यसका लागि प्रारम्भिक काम ३ दिन भित्र नै सुरु गर्ने गरि तयारी भएको छ ।
यस अघि नास्टको अध्ययन
काठमाडौँ महानगरले गएको बर्ष पनि साइटको वातावरणीय अवस्थाका बारेमा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई अध्ययन गराएको थियो । प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीको संयोजकत्व गठित ६ सदस्यीय समितिले साइटको अध्ययन गरेको थियो । समितिको सदस्यमा नास्टका बैज्ञानिक डा. दीपाश्री रावल र जयश्री सिजापति, वातावरणबिज्ञ ईञ्जिनियर स्व. सूर्यमान शाक्य र महानगरका इञ्जिनियर सरकारदीप श्रेष्ठ सदस्य हुनुहुन्थ्यो भने सदस्य सचिवमा बरिष्ट बैज्ञानिक अधिकृत डा. भोजराज पन्त हुनुहुन्थ्यो ।
त्यस अध्ययनले ल्याण्डफिल्ड साइट आसपासका १० ठाउँलाई अति प्रभावित, १० ठाउँलाई प्रभावित र ४ वटा स्थान कम प्रभावित भएको देखाएको थियो ।
अध्ययन समितिका सदस्य सचिव एवं नास्टका बरिष्ट वैज्ञानिक अधिकृत डा. पन्तका अनुसार, साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेड निष्कासन र व्यवस्थापन, माटोमा फोहोरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपंक्षी तथा मानव बसोबासमा परेको प्रभाव जस्ता बिषयलाई अध्ययनका क्रममा हेरिएको थियो । स्थलगत रुपमा गरिएको नमूना संकलनलाई प्रयोगशालामा गरिएको परीक्षण तथा स्थानीय अवस्था र स्थानीयबासीको धारणाका आधारमा अति प्रभावित, प्रभावित र कम प्रभावित गरी क्षेत्र निर्धारण गरिएको थियो । २०७८ असोज र कार्तिक महिनामा अध्ययन गरिएको थियो ।
पानी प्रदुषण र लिचेड सम्बन्धी अन्तिम रिपोर्ट आएपछि अल्पकालीन मध्यकालीन र दीर्घकालीन समाधानका उपाय खोजिनेछ । - प्रमुख शाह
प्रतिवेदनमा अध्ययनको बिधि, बिगतका अभ्यास र कागजपत्रको बिश्लेषण, निष्कर्ष र शिफारिस समेटिएका छन् । त्यस्तै अनुसूचीहरुमा स्थलगत अध्ययनका क्रममा स्थानीयसँग गरिएको छलफल भएका भनाइहरु समेटिएका छन् । अध्ययनमा सतह र भूमिगत पानीको अवस्था, लिचेड र यसले पानी तथा जमिनमा पु¥याएको असर, ल्याण्डफिल्ड साइट आसपास क्षेत्रमा गन्धको प्रभाव, ल्याण्डफिल्ड साइटबाट निष्कासन भएको ग्याँसको अवस्था, साइटबाट उत्पन्न हुने धुलनशील धुलोको कणको अवस्था र यिनीहरुले वातावरण तथा स्थानीय जनजीवनमा पारेको असर जस्ता बिषय समेटिएका थिए । यसका लागि लिचेड निष्कासन हुने १ ठाउँबाट लिचेडको, कोल्पु खोला १ ठाउँबाट भूमिगत र ४ ठाउँबाट सतही पानीको नमूना संकलन गरिएको थियो । त्यस्तै ल्याण्डफिल्ड साइटको ३ ठाउँबाट माटो, सिसडोलको २ वटा ठाउँबाट ग्याँस, ककनी गाउँपालिका वडा १ र २ का एक—एक वटा ठाउँबाट घुलनशील धुलोका कणका नमूना संकलन गरिएको थियो । त्यस्तै २४ ठाउँबाट गन्ध मापन गरिएको थियो ।
मापनका आधारमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी (तलेटार, ल्याण्डफिल्ड साइटको माथिल्लो भाग), सोति बालुवा, मंगटा टोल १ र २, पाँचमुरी टोल गरी पाँचवटा स्थान अति प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङ् जिल्लाको धुनिबेँसी नगरपालिकाअन्तर्गत सिंम्खडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी ४ वटा ठाउँ र काठमाडौको तारकेश्वर नगरपालिकाअन्तर्गत खिलबुटा एक गरी जम्मा १० स्थानलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ ।
यसै गरी ककनीका ८ वटा र धुनिबेँसीका २ ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन् । जसमा ककनी गाउँपालिकाअन्तर्गतका भण्डारथुम्का, ढोका भञ्ज्याङ्, चाउथी ए र बि, कागती गाउँ, शिवालय माध्यमिक बिद्यालय, तल्लो सिउँडिनी १ र २ तथा धुनिबेँसी नगरपालिका अन्तर्गत पाठक गाउँ, डिगाउँ गरी २ वटा ठाउँ छन् ।
ककनी गाउँपालिकाकाको कागती गाउँ हेल्थ पोष्ट र सिउँडिनी ट््याङ्की डाँडा गरी २ ठाउँ कम प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङ्को धुनिबेँसी नगरतर्फ स्वना गाउँ र कटुञ्जे गाउँ गरी २ वटा ठाउँ कम प्रभावित ठाउँमा परेका छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App