वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
इ.स.: 2025 December 5, FRIDAY
वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
प्रभावितसँग काठमाडौँ महानगरको १८ बुँदे सहमति, आजैबाट फोहोर उठ्ने
जेठ २७ | काठमाडौँ । फोहोर व्यवस्थापन प्रभावित क्षेत्रका स्थानीयसँग सहमति भएपछि आजबाट काठमाडौँको फोहोर उठ्ने भएको छ । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््यालसहित बिहीबार बेलुका ७ बजेबाट सुरु छलफल सुरु भएको थियो । सिसडोल बञ्चरेडाँडा, कुँडुले फोहोरमैला व्यवस्थापन सहजतालाई छलफलमा मुख्य विषय बनाइएको थियो । छलफल शुक्रबार बिहान १ बजेसम्म छलफल गरेर सहमति जुटाइएको थियो । छलफलमा ककनी गाउँपालिकाको वडा नं. १ का अध्यक्ष पदमबहादुर श्रेष्ठ बलामी र २ का अध्यक्ष तिलकबहादुर लामा तथा धुनिवेँसी नगरपालिका वडा नं. १ मानबहादुर तामाङ् र ३ का अध्यक्ष प्रकाश हमालसहित प्रभावित क्षेत्रका स्थानीय सहभागी हुनुहुन्थ्यो ।
सहमति पत्रमा प्रमुख शाहसहित उहाँहरुले हस्ताक्षर गर्नुभएको छ ।
सहमति पछि महानगरका प्रमुख शाहले प्रभावित क्षेत्रका स्थानीयको मागलाई क्रमशः सम्बोधन गरिने बताउनु भएको छ । ‘फोहोरलाई वातावरणमैत्री बनाइएन भने मानव स्वास्थ्यसहित वातावरण र अन्य प्राणी जीवनमा पनि संकट ल्याउँछ । यसप्रति हामी संवेदनशील छौँ । यसैअनुरुप साइट व्यवस्थापनको काम गर्नेछौँ ।’ प्रमुख शाहले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
छलफलपछि भएको सहमतिमा रातको समयमा फोहोर व्यवस्थापन गर्ने विषयलाई पहिलो बुँदामा राखिएको छ । यसको पूर्वाधारका रुपमा सडक र बत्तीको व्यवस्थापन महानगरले आउँदो ३ महिनाभित्र गर्नेछ ।
सहमतिअनुसार साइटलाई दुर्गन्ध नआउने बनाउने र फोहोर बोक्ने गाडीबाट फोहोर पानी (लिचेड नखस्ने) बनाउने कामका लागि १ महिना अवधि राखिएको छ । यस्तै २ महिनाभित्र लिचेडको बैज्ञानिक व्यवस्थापन गर्ने काम महानगरले गर्नेछ । यस्तै ३ महिनाभित्र बञ्चरे डाँडा वरपरका घरटहरा क्षतिपूर्ति सम्बन्धी निर्णय हुनेछ ।
बैज्ञानिक अध्ययनका आधारमा प्रभावित क्षेत्र छुट्याउने, यसका आधारमा अधिग्रहण, मुआब्जा वितरणलगायतका काममा महानगरले सम्बन्धित मन्त्रालयमा पहल गर्नेछ । सिसडोलको क्यापिङ् सम्बन्धी अध्ययन गराएर त्यसको शिफारिसका आधारमा ६ महिनाभित्र काम हुनेछ ।
स्थानीयसँगै फोहोरका चालक र सहचालकको स्वास्थ्य बीमा गर्ने, प्रभावित क्षेत्रको पूर्वाधार विकासका लागि बार्षिक बजेटलाई निरन्तरता दिने, प्रभावित क्षेत्रमा हरियाली बढाउने, कृषि प्रवर्धनका काम गर्ने, फोहोरलाई स्रोतमा बर्गीकरण गरेर व्यवस्थापनको काम थालनी गर्ने सहमति पत्रमा उल्लेख छन् ।
तीनपिप्ले गल्छी बैकल्पिक राजमार्गका लागि सरकारसँग अनुरोध गर्ने, तीनपिप्ले बञ्चरे सडकको नाममा लगत राख्ने तथा यसअघि सहरी विकास मन्त्रालयमा भएका प्रतिवद्धता कार्यान्वयन गर्न पहल हुनेछ ।
यी बुँदामा सहमति भएपछि आजबाट फोहोरको अवरोध हट्ने भएको हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App