वि.सं.: २०८२, कात्तिक १० सोमबार
इ.स.: 2025 October 27,MONDAY
वि.सं.: २०८२, कात्तिक १० सोमबार
भोलिदेखि वडा २५ मा ‘कुहिने’ र ‘नकुहिने’ फोहोर छुट्टाछुट्टै संकलन हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २५ मा भोलिदेखि ‘कुहिने’ र ‘नकुहिने’ फोहोर छुट्टाछुट्टै संकलन गर्ने भएको छ । यसका लागि सहयोगको अनुरोध गर्दै आज सचेतनामूलक प्रभातफेरी कार्यक्रम आयोजना गरियो । कार्यक्रममा वडाका जनप्रतिनिधि, सहरी योजना आयोगका पदाधिकारी, महानगर प्रहरी, कर्मचारी, स्थानीय क्लव, टोल सुधार समिति, महिला समूहसहित सहभागी हुनुहुन्थ्यो ।
टेङ्गलबाट सुरु भएको प्रभातफेरी सिंघल, ठँहिटी, त्यौड, असन, इन्द्रचोकहुँदै न्यकन्तल पुगेको थियो । यस क्रममा फोहोर संकलन गरिने सवारी साधनमा फोहोर फाल्ने विधि प्रदर्शन गरिएको थियो ।
कार्यक्रमपछि वडाध्यक्ष राजेश डंगोलले, फोहोर संकलन गर्न आउने साधनमा फोहोर फाल्दा हरियोमा कुहिने र रातोमा नकुहिने फोहोर राख्न महिला समूहबाट निगरानी हुने विश्वाश व्यक्त गर्नुभयो । ‘असल अभ्यासले सबैको भलो हुन्छ । सचेतना र निगरानीले नतिजा ल्याउन सजिलो हुन्छ ।’ वडाध्यक्षले नागरिक दायित्वप्रति भरोसा रहेको बताउनुभयो ।
जनगणना २०७८ अनुसार यस वडाको घरपरिवार संख्या २ हजार ३३५ र जनसंख्या ८ हजार ९६६ जना रहेको छ ।
‘वडा नं. २७ बाट थालिएको फोहोर वर्गीकरण अभ्यास वडा नं. १०, १२ हुँदै वडा नं. २५ सम्म आएको छ ।’ सहरी योजना आयोगका सदस्य सरस्वती मानन्धर भन्नुहुन्छ, ‘यसपछि तत्काल वडा नं. ५, २३ र २४ बाट काम थाल्दैछौँ ।’
स्रोतमा फोहोर वर्गीकरण गरेर छुट्टाछुट्टै संकलन तथा ढुवानी थालिएपछि यसले पारेको प्रभावलाई सर्वेक्षणबाट विश्लेषण गर्ने काम पनि सँगै थाल्दैछौँ । सहरी योजना आयोगका सदस्य प्रसुन्नरत्न बज्राचार्य भन्नुहुन्छ, सर्वेक्षणबाट प्राप्त विवरणले कमजोरी सुधार गर्दै कार्यक्रम परिस्कृत गर्न सघाउ पुर्याउनेछ ।
हरेक परिवारको भान्छा र घरबाट कुहिने र नकुहिने गरी २ खालको फोहोर जम्मा हुन्छ । उत्पादन भएकै ठाउँमा कुहिनेलाई हरियो र नकुहिनेलाई रातो बाल्टिनमा राख्नुपर्छ । यसो गर्न सकियो भने फेरि छुट््याउन समय खर्च गर्नु पर्दैन । नकुहिने फोहोर त बिक्री पनि हुन्छ । कुहिने फोहोरलाई घरमै मल बनाउन सकिन्छ । मल बनाउन सकिएन भने महानगरपालिकाबाट फोहोर संकलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ ।
तरकारी (साग सब्जी), बढी धएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफुलका बोक्रा, खानेकुरा केलाउँदा आएको बस्तु, रुखका पात कुहिने फोहोर हुन् ।
यस्तै प्लाष्टिक, शिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको व्याग, बोतलहरु, फलाम आदि नकुहिने फोहोर हुन् ।
यससँगै सेनेटरी प्याड, डाइपर, बिषादिको खाली बोटल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोशाक (पीपीइ), पञ्जा, फुटेका सिसा, घर आँगल बढार्दा आएको धुलो तथा माटो पनि फोहोरका रुपमा संकलन हुन्छ । हिजोआज सहरी क्षेत्रमा सेनटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहोरको मात्रा बढ्दै गएको छ । यस्तो फोहोर कुहिने र नकुहिने फोहोर राख्ने भाँडाको नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App