वि.सं.: २०८२, मंसिर १३ शनिबार
इ.स.: 2025 November 29,SATURDAY
वि.सं.: २०८२, मंसिर १३ शनिबार
विपद व्यवस्थापनका काम गर्ने सुरक्षा निकायका अधिकारी र सरोकारवालाबाट अवलोकन
काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलले विपद व्यवस्थापनमा काम गर्दा प्रयोग गरिने सामग्री, साधन तथा उपकरणको प्रदर्शनी गरेको छ । सम्भावित जोखिम व्यवस्थापन गर्न साझेदार निकायको स्रोत, साधन र जनशक्तिलाई संयुक्त परिचालन गर्नुपर्ने, यसरी हुने गरिने खोज उद्धार तथा पुनःस्थापनामा समुदायका हरेक व्यक्तिको सहभागिता आवश्यकता पर्ने भएकोले साधन, बस्तु तथा उपकरणका बारेमा जानकारी दिन प्रदर्शनी आयोजना गरिएको प्रहरी बलले जनाएको छ ।
प्रदर्शनीमा जलजन्य विपदमा बाढी तथा डुबान, अग्नि नियन्त्रण, बहुतले भवनबाट मानवीय उद्धार, सडक सवारी दुर्घटना तथा उद्धार, डोरीबाट गरिने उद्धार, खोज तथा उद्धार कार्यका लागि प्रयोग गरिने साधन सामग्री तथा उपकरण राखिएका थिए । कुनै ठाउँमा च्यापिएको व्यक्तिलाई, थुनिएको व्यक्तिलाई उद्धार गर्ने हाइड्रोलिक कटर, स्प्रेडर, कम्बी टुल्स, ¥याम प्रदर्शित थिए । यस्तै जलजन्य विपत्तिमा प्रयोग हुने ढुङ्गा, पोर्टेवल पम्प, ¥याफ्टिङ् बोट, खोज तथा उद्धारमा प्रयोग हुने सर्च लाइट, अत्याधिक तापमा लगाउने व्यक्तिगत सुरक्षा पोशाक, धुँवा बाहिर फाल्ने उपकरण, स्टेचर लगायत सामग्री प्रदर्शन गरिएका थिए । प्रदर्शनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित विपद व्यवस्थापनमा खटिने विभिन्न संघसंस्थाका पदाधिकारीहरु तथा सामाजिक अगुवाहरुले सामग्रीको अवलोकन गर्नुभएको थियो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App