वि.सं.: २०८२, माघ १८ आइतबार
इ.स.: 2026 February 1,SUNDAY
वि.सं.: २०८२, माघ १८ आइतबार
काठमाडौँ महानगरपालिकाले आजदेखि पिउने पानीको गुणस्तर अनुगमन सुरु गरेको छ
काठमाडौँ । सहरबासीलाई पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिने व्यवसायीका २८ वटा सवारी साधनको अनुगमन गर्दा ४४ वटा जार मापदण्ड विपरीत भेटिएका छन् । काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले आज गोङ्गबु बसपार्क क्षेत्रमा गरेको अनुगमनका क्रममा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेट्टाइएको हो । यी जारहरु जफत गरियो । जफत जारहरु नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा लगाइएको छ ।
पानी बोक्ने सवारी साधनको अनुगमनका विभिन्न कम्पनीका जार भेटिएको थियो ।
अनुगमनका क्रममा त्रुटि पाइएका पानी उत्पादक कम्पनीहरुलाई मापदण्ड विपरीत प्रशोधित पिउने पानीको जार बिक्री वितरण नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिल बिजक गाडीमै लिएर हिँड्न निर्देशन दिइएको छ । यो निर्देशनसँगै पानीजन्य संक्रमणबाट जनस्वास्थ्यमा आउन सक्ने खराव अवस्था हुन नदिन संवेदशील रहन आग्रह समेत गरिएको छ ।
बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीको महानगरपालिकाले आजदेखि अनुगमन सुरु गरेको हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App