वि.सं.: २०८२, कात्तिक १२ बुधबार
इ.स.: 2025 October 29,WEDNESDAY
वि.सं.: २०८२, कात्तिक १२ बुधबार
वडा २३ मा न्यायिक संवाद कार्यक्रम सम्पन्न
काठमाडौँ । ‘न्यायिक निर्णयमा एक पक्षले अवश्य हार्छ । हार्ने पक्षले मेरो कमजोरी थियो । मैले गल्ती नै गरेको थिएँ त्यसकारण हारेँ भन्ने सोच्दैन । उसले सोच्ने भनेको मेरो पहुँच थिएन । पैसा खर्च गर्न सकिन । भनसुन गर्न सकिन । यसकारण हारेँ । भन्ने हो ।’ स्थानीय विवाद र समाधानका क्षेत्रको अनुभव सुनाउँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘निर्णय भनेकै हार र जित हो । हार्नेले मलाई हराए भन्ने कुरा जीवनभर सोचिरहन्छ । यसकारण विवादका पक्षका बिचमा कहिल्यै संवाद नहुने हुन सक्छ । छिमेक र टोलमा बस्ने व्यक्तिहरुका बिचमा यसप्रकारको सम्बन्ध नहोस् भन्नका लागि महानगरपालिकाले मेलमिलापका माध्यमबाट विवाद समाधानको प्रयत्न गरिरहेको छ ।’ वडा नम्बर २३ ले आज आयोजना गरेको न्यायिक संवाद कार्यक्रममा उहाँले न्यायिक निरुपणमा मेलमिलाप नै सबैभन्दा उत्कृष्ट अभ्यास भएको धारणा राख्नुभयो ।
‘वडाभित्र धेरै विवाद छैनन् ।’ वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले भन्नुभयो, ‘विवाद हुनेहरुले जनप्रतिनिधिहरुसँग भेटघाट हुँदा मर्का सुनाउँछन् । जनप्रतिनिधिले दुवै पक्षको कुरा बुझेर आपसी संवाद गराएपछि सम्भावित ठुला मुद्दाको समाधान त्यहीँ निस्कन्छ । हाम्रो अभ्यासले यही देखाउँछ । मर्का महसुस गरेका धेरै व्यक्तिहरुले लिखित निवेदन दिने, मौखिक उजुरी दिने प्रक्रियामा पनि पुग्नु पर्दैन ।’
कार्यक्रममा स्थानीय विवाद निरुपणमा स्थानीय सरकारलाई प्रदान गरिएका कानुनी अधिकार, यसको प्रचलन र स्थानीय न्यायिक अधिकारमा स्थानीयबासीले लाभ लिने प्रक्रियाका विषयमा प्रस्तुतिकरण र छलफल भएको थियो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App