वडास्तरीय करदाता शिक्षा
व्यवसायिक क्षेत्रबाट सुलभ र गुणस्तरीय सेवासँगै नियमित कर नागरिकको आँगनमा बसेर सेवा दिने स्थानीय तहलाई कर तिर्न वडाध्यक्ष महर्जनको आग्रह
स्थानीय सेवा सञ्चालन व्यवस्थापन गर्न उत्तरदायी करदाताको अपेक्षा गरेको बताउँदै काठमाडौ्रँ महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले आर्थिक सामाजिक क्षेत्रको सन्तुलित विकासका लागि सरकार र नागरिकको समान दायित्व हुने धारणा राख्नुभएको छ । खिचापोखरी न्युरोड व्यापार संघसँग सहकार्य गर्दै वडाले आयोजना गरेको करदाता शिक्षा कार्यक्रममा बोल्दै उहाँले, जन्मदेखि मृत्यु पर्यन्तका सुख दुःखमा साथ दिने स्थानीय तहलाई सेवा सञ्चालन गर्न स्थानीय करप्रति जिम्मेवार हुन आग्रह गर्नुभयो । प्रचलित व्यवस्थाले त...