वि.सं.: २०८२, माघ २० मंगलबार
इ.स.: 2026 February 3,TUESDAY
वि.सं.: २०८२, माघ २० मंगलबार
हाँडीगाउँका सम्पदालाई केन्द्रीत गरेर नेपालका सम्पदा अध्ययन गर्ने स्थल विकास गर्ने योजना
काठमाडौँ । नरःदे (हाँडीगाउँ) भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास भएको छ । आज महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष वीरेन्द्र प्रजापतीले वैदिक विधिअनुसार जग पूजा र शिलान्यास गर्नुभएको हो ।
शिलान्यासपछिको संक्षिप्त प्रतिक्रियामा उपप्रमुख डंगोलले, सम्पदा मूल्य अन्य कुनै बस्तु वा सामग्रीसँग तुलना गर्न नसकिने बताउँदै मौलिक स्वरुपमा सम्पदा पुनरुत्थानमा महानगरपालिकाले लगानी बढाएको उल्लेख गर्नुभयो । मूर्त, अमूर्त सम्पदासँगै अभिलेख सम्पदा संरक्षण र प्रवर्धनमा महानगरपालिकाले अविराम काम गरिरहेको उहाँको भनाइ छ ।
हाँडीगाउँलाई प्राचीन नरःदेको स्वरुपमा फिर्ता लैजान काम गरिरहेका छौँ । वडाध्यक्ष प्रजापतीले, फल्चा निर्माण यसको एउटा इटा भएको उल्लेख गर्नुभयो ।
भवनको प्लिन्थ एरिया ९४० वर्गफिटको हुनेछ । ९.०४ मिटर उचाइ (तीन तले) हुने भवनको जमिन तला, मध्य भागमा प्राङ्गण हुनेछ । भवनको सडकतर्फको भागमा फल्चा हुनेछ । भवनभित्र वहुउद्देश्यीय सभा कक्ष, पुस्तकालय कक्ष, कार्यालय कक्षसहितका सुविधा हुनेछन् । भवन नेपाल मण्डलको परम्परागत शैलीमा निर्माण हुनेछ ।
भवन निर्माणको लागत करसहित २ करोड ८४ लाख ८० हजार रुपैयाँ थियो । सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड ७४ लाख ७९ हजार रुपैयाँ कबोल गर्ने निर्माण पक्षले कामको जिम्मेवारी पाएको छ । २०८२ चैत मसान्तभित्र यसको निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।
यो स्थानमा वि. सं. २०१९ सालदेखि पुस्तकालय सञ्चालन रहेको हाँडीगाउँ सम्पदा समाजका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिनुभयो ।
यससँगैको फल्चा भने स्थानीय पैँता खलले प्रयोग गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
भवनका सामुन्ने भीमसेनको मन्दिर छ । यो स्थानलाई महाभारत कालमा भीमसेनले किचक राक्षसलाई वध गरेको स्थानका रुपमा लिइन्छ । वध गरिसकेको किचक उठेर फेरि जनतालाई दुःख देला कि भनेर भीमसेनले कुरेर बसेको स्थान हो । लोककथन अनुसार अन्य दिन भीमसेनले कुर्छन् । टुँडालदेवी जात्राको एक दिन देवीले कुर्छिन् । यसका लागि जात्राका दिन एक रात देवीको खट मन्दिर छेउको चौबाटोमा राख्ने गरिन्छ यो स्थानमा किचकको प्रतीक स्वरुप ठुलो ढुङ्गो छ । सडक विस्तारका क्रममा ढुङ्गालाई यताउता सार्ने गरिन्छ । श्रेष्ठले जानकारी दिनुभयो ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App