वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
इ.स.: 2025 December 5, FRIDAY
वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
व्यवसायिक क्षेत्रबाट सुलभ र गुणस्तरीय सेवासँगै नियमित कर नागरिकको आँगनमा बसेर सेवा दिने स्थानीय तहलाई कर तिर्न वडाध्यक्ष महर्जनको आग्रह
काठमाडौँ । स्थानीय सेवा सञ्चालन व्यवस्थापन गर्न उत्तरदायी करदाताको अपेक्षा गरेको बताउँदै काठमाडौ्रँ महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले आर्थिक सामाजिक क्षेत्रको सन्तुलित विकासका लागि सरकार र नागरिकको समान दायित्व हुने धारणा राख्नुभएको छ । खिचापोखरी न्युरोड व्यापार संघसँग सहकार्य गर्दै वडाले आयोजना गरेको करदाता शिक्षा कार्यक्रममा बोल्दै उहाँले, जन्मदेखि मृत्यु पर्यन्तका सुख दुःखमा साथ दिने स्थानीय तहलाई सेवा सञ्चालन गर्न स्थानीय करप्रति जिम्मेवार हुन आग्रह गर्नुभयो । प्रचलित व्यवस्थाले तोके बमोजिम कर तिर्नु नागरिकको पहिलो दायित्व भएको बताउँदै उहाँले समयमा कर तिर्ने दायित्व बोध गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वाणिज्य विभागका निर्देशक जगदिश अर्यालले, व्यापारिक बस्तु र सेवाको गुणस्तरका बारे प्रस्तुतिकरण गर्दै सामानको मूल्य, खरिद विल र विक्री बिल, सामानको गुणस्तर जस्ता विषय व्यवसायीका अनिवार्य शर्त रहेको उल्लेख गर्नुभयो । यस्तै महानगरपालिकाको वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले, महानगरपालिकालाई बुझाउनु पर्ने बिज्ञापन कर, मनोरञ्जन कर, घरबहाल कर, सम्पत्ति कर, व्यवसाय करका सिद्धान्त र व्यवहारका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । स्थानीय तहलाई बुझाएको कर स्थानीय विकासमा खर्च भएको तत्काल अनुभूत गर्न सकिने अधिकारीको भनाइ थियो ।
छलफलमा व्यवसायीहरुले रेष्टुरेन्टहरुले प्रदान गर्ने सेवाअनुसारको मूल्य सूची हुने बताउँदै कहिलेकाही सेवा नहेरी मूल्य मात्र हेरिदिँदा समस्या सिर्जना हुने गरेको अनुभव सुनाउनुभयो । थोक मूल्य र खुद्रा मूल्यको कुरा गर्दै व्यवसायीहरुले सबै कारोबारहरुले खरिद बिल र विक्री बिलको प्रयोगलाई अनिवार्य गराउने वातावरण भए मात्र सोचेको अवस्था आउन सक्ने सुझाव दिनुभयो ।
वडा नम्बर २२ क्षेत्र महानगरपालिकाभित्रको प्रमुख व्यवसायिक स्थानमध्येको एउटा हो । नयाँ सडक, शुक्रपथ, खिचापोखरी, सुन्धारालगायत स्थान व्यापारिक क्रियाकलापकै कारण परिचित छन् ।
वडा सचिव ज्ञानेन्द्र विवशका अनुसार वडाभित्र ९ हजार १५० व्यवसाय दर्ता छन् । वडामा ३ हजार १३ जना सम्पत्ति करदाता छन् ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App