वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
गोदावरी उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल सुरु : ४ वटा समूहमा १३ वटा टिमका बिच प्रतिस्पर्धा
काठमाडौँ । गोदावरी उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल २०८२ खेलअन्तर्गत हिजो भएको खेलमा काठमाडौँ महानगरपालिकाले चाँगुनारायण नगरपालिकालाई ५-० गोलले पराजित गरेको छ । ललितपुरको एन्फा फुटबल ग्राउण्ड सातदोबाटोमा भएको खेलमा महानगरपालिकाकातर्फबाट राजकुमार पौडेल, विराज महर्जन, अखिलेश कार्की, सरोज तामाङ् र मनिष सेढाईँले १/१ गोल गर्नुभएको थियो । समूह बि मा रहेको महानगरपालिकाले यसपछिको खेल मध्यपुर थिमी नगरपालिकासँग खेल्नेछ । काठमाडौँ महानगरपालिका मेयर कप फुटबल पहिलो संस्करणको विजेता हो ।
आज ललितपुरको कोन्ज्योसोम गाउँपालिका र काठमाडौँको तारकेश्वर नगरपालिकाबिच खेल हुँदैछ ।
महानगरपालिकाबाट प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । खेलाडीहरुको व्यवस्थापन खेलकुद विज्ञ नविन चित्रकारले गर्नुभएको छ ।
यस अघिका प्रतियोगितामा ललितपुर महानगरपालिकाले बागमती गाउँपालिकालाई ७ ३ गोलले पराजित गरेको छ । यस्तै गोदावरी नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ६-१ ले पराजित गरेको छ । कागेश्वरी मनोहरा र दक्षिणकाली बिचको प्रतिस्पर्धामा दक्षिणकालीद्वारा ५-० गोलले कागेश्वरी मनोहरालाई पराजित गरेको छ ।
प्रतियोगितामा काठमाडौँ जिल्लाबाट काठमाडौँ महानगरपालिका, चन्द्रगिरी नगरपालिका, तारकेश्वर नगरपािलका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका गरी ६ वटा स्थानीय तह प्रतिस्पर्धामा छन् । यस्तै ललितपुर जिल्लाबाट ललितपुर महानगरपालिका, आयोजक गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकासहित ५ वटा स्थानीय तह छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिका प्रतिस्पर्धामा छन् ।
सेमिफाइनलको पहिलो खेल समूह ‘ए’ को विजेता र समूह ‘सी’ का विजेता बिच हुनेछ । यस्तै दोस्रो खेल समूह ‘वी’ र समूह ‘डी’ का बिच हुनेछ । सेमिफाइनल खेल ‘१’ का विजेता र सेमिफाइनल खेल ‘२’ का विजयी बिच फाइनल खेल हुनेछ । लगातार वर्षाका कारण पूर्वनिर्धारित तालिकामा खेल सञ्चालन हुन सकेको छैन ।
प्रतियोगिताको बिजेता टिमलाई नगद ५ लाख रुपैयाँसहित ट्रफी, उपविजेता टिमलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App