वि.सं.: २०८३, साउन १७ आइतबार
इ.स.: 2026 August 2,SUNDAY
वि.सं.: २०८३, साउन १७ आइतबार
‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ र ‘रचनात्मक सहर’ कार्यक्रम अन्तर्गत महानगरपालिकाले चलचित्र विकास वोर्डसँगको सहकार्यमा तालिम सम्पन्न
काठमाडौँ । काठमाडौँमा ‘फोटोग्राफी’ तथा ‘फोटो भिडियो पत्रकारिता’ सम्बन्धी १ महिने तालिम सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ र ‘रचनात्मक सहर’ कार्यक्रम अन्तर्गत चलचित्र विकास वोर्डसँगको सहकार्यमा सञ्चालन गरेको तालिममा ३५ जना प्रशिक्षार्थी सहभागी हुनुहुन्थ्यो । तालिम सञ्चालन गर्न गएको बैशाख १५ गते बोर्ड र महानगरपालिकाको सामाजिक विकास विभाग बिच सम्झौता भएको थियो ।
तालिम समापन अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डि. सी.) ले, चलचित्र क्षेत्रका पहिलो स्टिल फोटो पत्रकार मञ्जु श्रेष्ठ र स्टिल फोटोबाट पोष्टर सिर्जना गर्ने सर्जक सुन्दर श्रेष्ठलाई जनही ३५ हजार नगदसहित सम्मान गर्नुभयो । यस्तै प्रशिक्षकलाई प्रशंशा पत्र र प्रशिक्षार्थीलाई प्रमाण पत्र प्रदान गर्नुभयो ।
त्यस अवसरमा बोल्दै महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले, तालिममा सहभागीहरुको प्रशिक्षण सकिएको र व्यावसायिक यात्रा सुरु भएको बताउँदै प्राप्त ज्ञान तथा सिपलाई स्वरोजगार र रोजगारसँग जोडेर आय आर्जन गर्नुपर्ने बताउनुभयो । ‘हामीले प्रदान गर्ने तालिम सोखका लागि होइन । यसबाट व्यक्तिको आय आर्जनमा टेवा पुगोस् भन्ने हो ।’ उहाँले प्रशिक्षार्थीहरुसँगको अपेक्षा सुनाउँदै भन्नुभयो, ‘काठमाडौँमा धेरै राम्रा ठाउँ छन् । त्यस ठाउँमा पुग्ने सबैलाई, ती राम्रा ठाउँहरु तस्विरमा उतार्ने विन्दु थाहा हुँदैन । अब तपाईँहरुले त्यस्ता ठाउँ हामीलाई शिफारिस गरिदिनोस् । हामी ती ठाउँहरुलाई तस्विर खिच्ने स्थानका रुपमा संकेत चिन्हबाट पहिचान दिन्छौँ । यसबाट आगन्तुकहरुलाई राम्रा ठाउँको तस्विर प्राप्त गर्ने अवसर हुनेछ । यो तपाईँहरुलाई काठमाडौँ महानगरपालिकाले दिएको गृहकार्य हो ।’
काठमाडौँ महानगरपालिकाले रचनात्मक सहर कार्यक्रम अन्तर्गत सञ्चालन गरेका कार्यक्रमहरु दिगो प्रभाव राख्ने खालका छन् । यो तालिम पनि यसैको एउटा श्रृङ्खला हो । कार्यक्रममा बोर्डका अध्यक्ष डि. सी. ले भन्नुभयो, ‘महानगरपालिकाले अगाडि बढाएका चलचित्र क्षेत्रसँग सम्बन्धित कार्यक्रममा वोर्ड एकै ठाउँमा हुनेछ ।’
प्रशिक्षक राजभाइ सुवालले, फोटोग्राफी र भिडियोग्राफी निरन्तर अध्ययन गरिरहनु पर्ने विषय भएको बताउँदै, असल कामको प्रारम्भ भएको प्रतिक्रिया दिनुभयो । त्यस्तै प्रशिक्षार्थी, पुष्पा बुढा क्षत्रीले, तालिमबाट प्राविधिक विषय सिकेसँगै आत्मविश्वाश पनि कमाएको बताउनुभयो ।
कार्यक्रममा काठमाडौँको पहिचानका मानकहरु डवली, चोक र ननीहरु जस्ता स्मारक, गायन, वादन, संगीत, खानपान जस्ता पक्षको प्रवर्धनका लागि काठमाडौँ महानगरपालिकाले चलचित्र विधालाई माध्यमका रुपमा उपयोग गर्ने र यसमा पेशाकर्मी र समुदाय बाट सहयोग प्राप्त हुने विषयलाई महत्वका साथ चर्चा गरिएको थियो ।








निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App