वि.सं.: २०८२, माघ २० मंगलबार
इ.स.: 2026 February 3,TUESDAY
वि.सं.: २०८२, माघ २० मंगलबार
प्रमुख शाहबाट नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनबाट काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठलाई महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । आज प्रमुख शाहको कार्यकक्षमा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
२०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको ०८० भदौ २१ गते निधन भएपछि रिक्त भएको पदका लागि मंसिर १६ गते उपनिर्वाचन भएको थियो । २०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको ०८० भदौ २१ गते निधन भएपछि रिक्त भएको पदका लागि मंसिर १६ गते उपनिर्वाचन भएको थियो । यस निर्वाचनका लागि २१ हजार २५ मतदाता भएको वडामा १० हजार ३७६ सदर मत थिए । निर्वाचित अध्यक्ष श्रेष्ठ २ हजार ९०२ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
रिक्त पदमा पुष्प महर्जनले कार्यवाहक अध्यक्षका रुपमा काम गरिरहनुभएको थियो ।
शपथ ग्रहण अवसरमा उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईँसहित अधिकारी उपस्थिति हुनुहुन्थ्यो ।
शपथपछि वडाध्यक्ष श्रेष्ठले आज नै पद वहाली गर्ने कार्यक्रम रहेको छ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App