वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
शसस्त्र प्रहरी, नेपाल यु. एन. शान्ति स्थापना तालिम शिक्षालयमा तालिम सम्पन्न
                        काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलका ८३ जना नगर प्रहरी जवानलाई आधारभूत तालिम प्रदान गरिएको छ । कार्तिक ६ गते सुरु भएको तालिम मंसिर १७ गते सकिएको हो । तालिम समापन अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले प्रमाण पत्र प्रदान गर्नुभएको थियो । यो दोस्रो चरणको तालिम हो । भदौ ४ गतेदेखि पहिलो चरणको तालिम सुरु गरिएको थियो । असोज १० गते सकिएको यो 
चरणको तालिममा ११० जना जवानलाई सहभागी गराइएको थियो । यसरी २ चरमा १९३ जना जवानलाई आधारभूत तालिम प्रदान गरिएको छ । नगर प्रहरीलाई कर्तव्यनिष्ठ, अनुशासित, साहसिक, फौजी सिप एवं कौशलले भरिएको व्यावसायिक बनाउन, महानगरपालिका र महानगरबासीप्रति समर्पित रहेर सेवा भावबाट काम गर्ने क्षमताका लागि तालिम प्रदान गरिएको हो । 
तालिममा शारीरिक तन्दुरुस्ती, कवाज, विशिष्ठ पदाधिकारी र उहाँहरु सम्बद्ध कार्यक्रम व्यवस्थापन, पब्लिक अर्डर म्यानेजमेन्ट, म्याप रिडिङ्, पुलिस प्याकेज, अनआर्म कम्व्याट, आपतकालीन उद्धार, ट्राफिक व्यवस्थापन, मानव अधिकारलगायत विषयमा कक्षा सञ्चालन गरिएको थियो ।
प्रमाण पत्र वितरण गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले, नगर प्रहरीको पेशागत दक्षता र सांगठनिक नेतृत्व वृद्धि भएको तथा पदीय दायित्व निर्वाह गर्न क्षमता विकास भएको अपेक्षा व्यक्त गर्नुभयो । महानगर प्रहरीलाई प्रदान गरिएको तालिमबाट सुरक्षा संयन्त्रका विच सहकार्यको संस्कार सुरु भएको, तालिम केन्द्रका प्रमुख शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताउनुभयो ।

 
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                        
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        Intern आवेदन प्रणाली
                    
                                    
                        
                        KMC Mobile App
                    
                                    
                        
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                        
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                        
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                        
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                        
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                        
                        KMC Smart Toilet
                    
                                    
                        
                        Metro Mart
                    
                                    
                        
                        KMC Parking  App