वि.सं.: २०८२, मंसिर २२ सोमबार
इ.स.: 2025 December 8,MONDAY
वि.सं.: २०८२, मंसिर २२ सोमबार
चालु र आगामी योजनाका विषयमा लाभग्राहीबिच अन्तरक्रिया
काठमाडौँ । योजना तर्जुमा गर्दा टोलस्तरीय अन्तरक्रियात्मक र सहभागितामूलक योजना कार्यान्वयनको बाटोबाट आर्थिक, सामाजिक तथा पूर्वाधार विकासको काम गरिरहेको बताउँदै वडा नं. ८ का अध्यक्ष आशामान संगतले वडाबासीलाई वडाका कार्यक्रममा निगरानी राख्न आग्रह गर्नुभएको छ । जयबागेश्वरीदेखि दथुटोल, कडटोल, बालकुमारी, इटाटोल हुँदै पशुपति क्षेत्रमा सञ्चालन भइरहेका कामका विषयमा जानकारी दिन लाभग्राहीका बिचमा आयोजना गरिएको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
‘योजनाका विषयमा जानकारी नपाएका कारणले वा जानकारी भएर पनि असहयोग गर्ने नियतले कार्यक्रम कार्यान्वयनमा वाधा हुने गरेको अनुभव पनि छ ।’ योजनाका विषयमा कुनै गुनासो, टिप्पणी वा सुझाव छ भने प्रारम्भिक छलफलमा भन्नुपर्छ । कार्यान्वयन चरणमा पुगेको योजनामा अवरोध गर्दा प्रयत्न, समय र वजेटमा क्षति हुन्छ । आफैँले तिरेको करबाट खर्च हुने राज्य कोषलाई मितव्ययी बनाउन सबैबाट प्रयास हुनुपर्छ ।’ उहाँको भनाइ थियो ।
निकायगत असमन्वयका कारण पनि विकासले गति लिन नसकेको बताउँदै उहाँले, पशुपति क्षेत्र विकास कोष, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र पुरातत्व विभागबाट विकासमा सहयोगभन्दा पनि अवरोध गरेको उहाँको भनाइ छ ।
विश्व सम्पदा क्षेत्र पशुपतिलाई वरिपरिबाट फलामे बार लगाइएको छ । वडाबासीले भनेजस्तो खानेपानी प्राप्त गर्न सकिरहेका छैनन् । यस्ता सेवा महानगरपालिकाको जिम्मेवारीमा छैनन् । नागरिकले सेवा नपाएको गुनासो वडा र महानगरपालिकामा गर्नुहुन्छ । गुनासो गर्ने ठाउँ पनि यही नै हो । यसैले पनि सेवा वितरणका जिम्मेवारी महानगरपालिकामा आउनु पर्ने, अन्तरक्रियामा आवाज उठेको थियो । अन्तरक्रियामा भाग लिने वडाबासीले सुझाव दिँदै भन्नुभयो, ‘पुरातात्विक क्षेत्रमा बनाइने आकाशे पुललाई स्थान पहिचान गरेर स्थानान्तरण गरौँ, पशुपति क्षेत्रभित्रका स्थानीयबासीलाई आवतजावत गर्न वडाले प्रदान गर्ने पासलाई सहजीकरण गरौँ, पशुपति क्षेत्रमा पार्किङ ब्यवस्थापन सेवाग्राहीमैत्री बनाऔँ । सम्पदा क्षेत्रमा वातावरणमैत्री संरचना निर्माण गरौँ । जनप्रतिनिधिले यस दिशामा नेतृत्व गरौँ । हामी साथ प्रदान गर्छौँ ।’
त्यस्तै, स्थानीय ब्यक्तिहरूले पशुपति क्षेत्र विकास कोषले चारैतिर आफुहरूलाई बन्देज बनाएर राखेको बताउदैँ वडाले बनाएको पासले स्थानीयहरूलाई आवतजावत गर्न सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App