वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
सिप मेलाको अवलोकनमा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. कार्की र युएनडीपीका आवासीय प्रतिनिधि क्योको
काठमाडौँ । नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी)का आवासीय प्रतिनिधि क्योको योकोसुकाले, काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सिप मेलाको आफू प्रशंसक रहेको बताउनुभएको छ । बिहीबार मेलाको अवलोकनका क्रममा प्रशिक्षार्थीले
तयार पारेको बेकरी चाख्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । ‘मेलाले प्रशिक्षण मात्र प्रदान गरेको छैन । यसले रोजगार र स्वरोजगारको सम्भावना पनि देखाउँछ । यो मेलाको सवल पक्ष हो ।’ उहाँले भन्नुभयो, ‘समय अनुसारका सिप र सिपयुक्त जनशक्तिले रोजगार पाउने ठाउँ, रोजगार दिने व्यक्ति एकै ठाउँमा भेटिने खालको प्रयत्न अनुकरणीय छ ।’
त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष एवं मेला निर्देशक समितिका संयोजक डा. सुमननरसिंह राजभण्डारीले, सिप प्रदान गर्ने र रोजगार प्रदान गर्ने संघसंस्थाहरुसँग सहकार्य गरेर दिगो नतिजा प्राप्त गर्ने संयन्त्र विकास भइरहेको जानकारी गराउनुभयो ।
आवासीय प्रतिनिधिलाई तालिम संयोजक देवेन्द्र के. सी. ले कक्षाहरुका विषयमा स्थलगत जानकारी गराउनुभएको थियो ।
पूर्व राज्यमन्त्री कार्कीले सुझाव – सिकाइ विस्तार गर्नु पर्छ
नेपाल सरकारका पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्कीले काठमाडौँको अभ्यास अन्य पालिकामा पनि विस्तार गर्नु पर्ने बताउनुभएको छ । विहीबार सिप मेलाको अवलोकन गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । सिप प्रदान भएपछि व्यक्तिको आय बढ्ने भएकोले यसको लाभ घरघरमा पुग्ने उहाँको भनाइ थियो ।
अवलोकनका क्रममा उहाँले प्रशिक्षक र प्रशिक्षार्थीहरुसँग तालिमका बारेमा जानकारी लिनुभएको थियो । यस्तै होटल म्यानेजमेन्ट पेशाका प्रशिक्षार्थीले तयार पार्नु भएका खानेकुरा चाखेर व्यावसायिक सम्भावना रहेको बताउनुभयो ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App