वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
अनुगमन समितिले स्थलगत रुपमा दिएका निर्देशनको पालनाका विषयमा सम्बन्धित विभागसँग समीक्षा सम्पन्न
काठमाडौँ । ‘अनुगमन समितिले स्थलगत अनुगमनका क्रममा दिएका निर्देशनहरुको पालना सन्तोषजनक छ । अब निर्देशन पालनासँग सम्बन्धित अभिलेखन र प्रतिवेदन पेश गर्नुहोला ।’ अनुगमनका क्रममा दिइएका निर्देशन पालनाको समीक्षामा महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले, निर्देशन कार्यान्वयन अवस्था सन्तोषजनक रहेको बताउनुभएको हो । समीक्षामा अनुगमन गरिएको मिति, स्थान, समय, त्यहाँको अवस्था र दिइएको निर्देशन स्मरण गराउँदै कार्यान्वयनको प्रगतिका विषयमा सम्बन्धित विभागका प्रमुखबाट जानकारी लिनुभएको थियो ।
चालु आर्थिक वर्षका विभिन्न समयमा गरिएको अनुगमनका क्रममा संयोजक डंगोलले, नारायण गोपाल भवनमा लिफ्ट राख्ने, पूर्वाधार निर्माणका योजनामा जाँच गरिएका निर्माण सामग्री तथा निर्माण भएपछि गुणस्तर जाँच गरिएको प्रतिवेदन तयार पार्ने, निर्माण कार्यमा प्रयोग हुने सवारी साधन प्रदुषणमुक्त हुनुपर्ने, भौतिक पूर्वाधार निर्माण गर्दा आकाशे पानी संकलन र पुनःभरण गर्ने प्रणाली अनिवार्य सञ्चालनमा ल्याउने, कमलपोखरीमा पानीको मात्रा बढाउने, पोखरी परिसरमा सीसीटिभी क्यामरा जडान गर्ने, धुलोरहित सडक योजनाको प्राविधिक प्रतिवेदन पेश गर्ने, भवन नक्सा प्रणालीमा अनिवार्य रुपमा विद्युतीय प्रणाली मात्र प्रयोग गर्ने, मखन आगलागीको प्रतिवेदन पेश गर्ने, वेरुजु फस्र्योटको कार्ययोजना बनाउने लगायत विषय र क्षेत्रमा निर्देशन दिनुभएको थियो । यस्तै अनुगमन टोलीहका काम अन्तरसम्बन्धित बनाउन उहाँको निर्देशन थियो ।
विगत अनुगमनको समीक्षा गर्दै उहाँले भन्नुभयो, ‘बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण, योजना अनुगमन, वडास्तरीय कामको अनुगमनसहित महानगरपालिकाले हेर्नु पर्ने धेरै क्षेत्र छन् । ती हरेक क्षेत्रमा उपप्रमुख संयोजक भएको समितिले अनुगमन गर्न कठिन छ । यसकारण हामीले क्षेत्रगत र वडागत अनुगमन टोली गठन गरेका छौँ । अनुगमन जुन टोलीले गरे पनि त्यसको प्रतिवेदन समितिमा पेश गर्नुपर्छ ।’ अवस्था र आवश्यकतामा कुरा गर्दै उहाँले योजना, अनुगमन तथा मूल्याङ्कन एकाइलाई भन्नुभयो, ‘केन्द्रीय र वडास्तरीय अनुगमन टोलीले सम्पन्न गरेका कामको एकीकृत प्रतिवेदन तयार पार्नुहोला ।’
सभा र कार्यपालिकाद्वारा गठित समितिहरुको काममा सहजीकरण र समन्वय गर्ने विषयमा उहाँले विषयगत समितिका सदस्य सचिवहरुलाई प्रतिवेदन पेश गर्न निर्देशन दिनुभयो । ‘चालु आर्थिक वर्षका लागि वार्षिक प्रतिवेदन पेश गर्नुहोला । यस अघिका आर्थिक वर्षहरुको एकीकृत प्रतिवेदन र यसपछि अर्धवार्षिक प्रतिवेदन पेश गर्नुहोला ।’ उहाँले भन्नुभयो, ‘यही प्रतिवेदनले समितिहरुका कामका सहजीकरण गर्ने आधार बनाउनेछ ।’

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App