वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
तालिमका विषय : प्रचलित कानुन, मापदण्ड, व्यावसायिक अभ्यास र हुनु पर्ने अवस्था
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रबार मिठाई व्यवसायीका लागि मिठाईजन्य खाद्य स्वच्छता सम्बन्धी तालिम आयोजना गर्यो । पर्व विशेष खानेकुराहरुको स्वच्छताका बारेमा व्यवसायीलाई प्रचलित व्यवस्था, मापदण्ड, अभ्यास र हुनु पर्ने अवस्थाका बारेमा ज्ञान, सिप र क्षमता अद्यावधिक गरेर खानेकुराको स्वच्छता सुनिश्चित गर्ने क्रमको यो तेस्रो संस्करण हो । तालिमका लागि २११ व्यवसायीलाई बोलाइएकोमा १६२ जना सहभागी हुनुभएको थियो ।
तालिम ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता : प्रवर्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रमअन्तर्गतको हो । स्वच्छ खाना : उत्कृष्ट व्यापार (सेफर फुड : वेटर विजनेस) सोच राखेर थालिएको तालिममा खाद्य सेवामा अत्याधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रलाई छान्ने गरिएको छ । यसको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका ३ सय जना सञ्चालकलाई तालिम दिइयो । दोस्रो संस्करणमा दशैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम दिइएको थियो । दशैँ लगत्तै आउने तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यबस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा तालिम दिइएको हो । दरबार हाइस्कूलमा सम्पन्न तालिममा मिठाई व्यवसायमा योगशील, यसको सही र गलत प्रयोग, गलत प्रयोगबाट हुने नोक्सानी, मिठाई स्वच्छताका जोखिम, प्रदूषणको रोकथाम, स्वच्छता र सरसफाइ, लेभलिङ्, भण्डारण, नियमन, उत्पादन गर्ने तथा विक्री गर्ने स्थान, संरचना, सुविधा, भण्डारण अभ्यास, स्वच्छता मूल्याङ्कन योजनालगायत विषयमा कक्षा सञ्चालन गरिएको थियो ।
खाद्य स्वच्छतामा सरसफाइको स्थान र स्तरीकरण, व्यावसायिक संरचनाको न्युनतम सुविधा तथा मापदण्ड, क्रस कन्टामिनेसनको रोकथाम, सही व्यवस्थापन नहुँदा मिठाईबाट उत्पन्न हुन सक्ने जोखिम, हाइजिन रेटिङ् र प्रमाणीकरण, प्रचलित कानुनी व्यवस्था (मापदण्ड, व्यवस्था पालना नगर्दा हुने क्षति, दण्ड तथा जरिवाना) जस्ता विषयमा ज्ञान अद्यावधिक गर्ने कक्षा सञ्चालन गरिएका थिए । सरसफाइ र स्वच्छतासँगै शत्रु जीवबाट मिठाई, मिठाई बनाउने कच्चा पदार्थ तथा मिठाई बनाउने ठाउँको सुरक्षा, कार्यमैत्री वातावरण, फुड फ्लो (प्राप्त गर्ने, भण्डारण गर्ने, पकाउने र सर्भ गर्ने) को अवस्था, कच्चा पदार्थ सफा गर्ने, भण्डारण गर्ने र पकाउने ठाउँको मापदण्डका बारेमा अन्तरक्रियात्मक प्रस्तुतिकरण भएको थियो ।
खाद्य स्वच्छता मूल्याङ्कन र प्रमाणीकरण
मिठाईजन्य खाद्य पदार्थमा स्वच्छताको पारदर्शिता सुनिश्चित गर्न अनुगमन मूल्याङ्कन प्रणाली स्थापना गर्ने महानगरपालिकाको योजना हो । यसले व्यवसायीलाई जवाफदेही बनाउँछ । स्वच्छता मापदण्डहरूका बारेमा जानकारी प्रदान गर्छ । उपभोक्ताहरूलाई मिठाईको स्वच्छता थाहा हुन्छ । यो ज्ञानले उपभोक्तालाई स्वच्छ बस्तुमा पहुँच बढाउँछ ।
यसो हुनु स्वच्छ व्यापारिक प्रतिस्पर्धाका दृष्टिले उपयुक्त हुन्छ । यसमा दोस्रो अथवा तेस्रो स्तरमा भएका व्यवसायीलाई पहिलो हुन सुधारको अवसर प्रदान गर्छ । ह्यान्डलिङ्, भण्डारण, तयारी, सरसफाइजस्ता खाद्य सुरक्षा र सेवा व्यवस्थापनमा प्रतिस्पर्धी बनाउँछ । उपभोक्ताले उचित मूल्यमा गुणस्तरीय मिठाई प्राप्त गर्ने वातावरण तयार हुन्छ ।
यसका लागि तालिमसँगै महानगरपालिकाले अनुगमन, निरीक्षण र मूल्याङ्कन तथा प्रमाणीकरण र स्तरीकरण कार्यक्रमलाई अगाडि बढाउने योजना बनाएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App