वि.सं.: २०८२, कात्तिक ७ शुक्रबार
इ.स.: 2025 October 24, FRIDAY
वि.सं.: २०८२, कात्तिक ७ शुक्रबार
नेतृत्वको नीति कार्यान्वयन गर्नु कर्मचारीहरुको मुख्य जिम्मेवारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दशौँ तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर र वढुवा भएर महानगरपालिकामा शिफारिस भएर आएका नवौँ तहका अधिकृतहरुलाई पदस्थापन गरेको छ । यसरी जिम्मेवारी हेरफेर तथा पदस्थापन भएका अधिकृतहरुले पदको अभिभारा ग्रहण गर्नुभएको छ ।
खरिद एकाइबाट प्रशासन विभागमा प्रमुखको जिम्मेवारीमा आउनु भएका नमराज ढकाल र प्रशासन विभागबाट राजस्व विभागको जिम्मेवारीमा जानुभएका दीपक अधिकारीले प्रशासन विभागसँग सम्बन्धित दायित्व, संस्थागत सूचनाका विषयमा छलफल गर्नुभयो । यस क्रममा उहाँहरुले साझा धारणा राख्दै भन्नुभयो, नेतृत्व नीतिलाई प्रभावकारी कार्यान्वयन गर्नु कर्मचारी संयन्त्रको दायित्व हो । यससँगै सेवा प्रवाह र कार्यालयको छवि वृद्धि गर्नमा कर्मचारीहरुले एउटै लक्ष्य बनाउनुपर्छ ।
यस क्रममा उहाँहरुले, संस्थागत विकास, कर्मचारीहरुलाई प्रोत्साहन र कार्यमैत्री वातावरण निर्माण गर्न प्रशासन विभागले मुख्य भूमिका खेल्ने, अधिकारीहरु जसको जुन भूमिका भए पनि महत्वपूर्ण काममा एकै ठाउँमा हुने विचार व्यक्त गर्नुभयो ।
उहाँहरुसँगै ध्रुवकुमार काफ्लेलाई सहकारी विभाग, बलराम त्रिपाठीलाई अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय र रविनमान श्रेष्ठलाई मनोहरा जग्गा एकीकरण आयोजनामा प्रमुखको जिम्मेवारी दिइएको छ । उहाँहरु यस अघि क्रमशः राजस्व विभाग, सहकारी विभाग, खरिद एकाइ र वातावरण व्यवस्थापन विभागमा प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
यसअघि प्रशासन महाशाखा प्रमुखका रुपमा कार्यरत सरिता राईलाई वातावरण व्यवस्थापन विभागमा निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।
वढुवा भएर महानगरपालिकामा शिफारिस हुनुभएका नवौँ तहका अधिकृतहरुलाई विभिन्न विभागमा पदस्थापन गरिएको छ । यसरी पदस्थापन हुनु हुने अधिकृतहरुमा धनबहादुर बस्नेतलाई सहरी योजना आयोगको सचिवालय प्रमुखको जिम्मेवारी दिइएको छ । यस अघि सचिवालय प्रमुखका रुपमा कार्यरत सरस्वती पोखरेललाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । बस्नेत यसअघि धुलिखेल नगरपालिका काभ्रेमा कार्यरत हुनुहुन्थ्यो । हरिबहादुर पाटा मगरलाई न्याय प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उहाँ यसअघि गंगाजमुना गाउँपालिका धादिङ्मा कार्यरत हुनुहुन्थ्यो । दिपककुमार के. सी. लाई स्वास्थ्य विभागमा प्रमुखको जिम्मेवारी दिइएको छ । उहाँ यस अघि दक्षिणकाली नगरपालिकामा कार्यरत हुनुहुन्थ्यो ।
जगदिश अर्याललाई विपद व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । उहाँ यसअघि भीमेश्वर नगरपालिका दोलखामा कार्यरत हुनुहुन्थ्यो । समीक्षा निरौलालाई सामाजिक विकास विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । उहाँ यसअघि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो ।
रामरतन शाहलाई खरिद एकाईको प्रमुखको जिम्मेवारी दिइएको छ । उहाँ यसअघि ललितपुर महानगरपालिकामा कार्यरत हुनुहुन्थ्यो । हरिश्चन्द्र लामिछानेलाई सहरी व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उहाँ यसअघि ललितपुर महानगरपालिकामा कार्यरत हुनुहुन्थ्यो । यस्तै राज्यश्वरी शाहीलाई एकल सेवा केन्द्र प्रमुखको जिम्मेवारी तोकिएको छ । उहाँ यसअघि हेटौँडा उपमहानगरपालिकामा कार्यरत हुनुहुन्थ्यो । उहाँ काजमा काठमाडौँ महानगरपालिका आउनुभएको हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App