वि.सं.: २०८२, कात्तिक २१ शुक्रबार
इ.स.: 2025 November 7, FRIDAY
वि.सं.: २०८२, कात्तिक २१ शुक्रबार
स्थानीय भन्छन्, हिटीसँगै संस्कृति पनि पुरिएको थियो, अव पुनरुत्थान हुने भयो
काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पुरातात्विक महत्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्नुभएको छ । यो हिटी महानगरपालिकाको वडा नम्बर ७ गंगाहिटी मार्गमा छ ।
अनुगमनका क्रममा प्रमुख शाहले हिटीको प्राचीन पहिचान, उपयोग र अतिक्रमणका बारेमा जानकारी लिनुभएको थियो । यस्तै हिटीमा पानीको प्रवाह र पानी निकासका बारेमा जानकारी लिँदै पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि निर्देशन दिनुभयो । अनुगमनका क्रममा भैरव हिटीभन्दा माथिल्लो भूगोलमा रहेको गंगाहिटीमा आउने पानीलाई भैरव हिटीमा आउने पानीको स्रोतका रुपमा उपयोग गर्न सुझाव प्राप्त भएपछि प्रमुख शाहले पुरानो पानीको स्रोत पहिचान गरेर उपयोग सम्भावना खोज्न निर्देशन दिनुभएको हो ।
वडाध्यक्ष विमलकुमार होडाका अनुसार वडामा करिब १२ वटा हिटी छन् । जसमध्ये ८ वटा अस्तित्वमा छन् । वाहिटी, गंगाहिटी, गणेशधारा, भैरव हिटी, मित्र धारा वडामा भएका हिटीहरु हुन् । संकटमा रहेका हिटीहरुको पुनरुत्थान र अस्तित्वमा नभएका हिटीहरुको खोजी भइरहेको बताउनुहुन्छ ।
स्थानीय प्रतिनिधि र स्थानीयबासीले दिएको सूचनाका आधारमा महानगरपालिकाले पुरिएको अवस्थामा हिटी फेला पारेको थियो । हिटीमाथि दुई तले पक्की संरचना थियो । यो संरचनालाई टोल सुधार समितिले भोगचलन गर्दै आएको थियो । यसको माथिल्लो तलामा कार्यालय र जमिन तलामा व्यवसायिक सटर निर्माण गरिएका थिए ।
टोल सुधार समितिसँग समन्वय गरेर पक्की संरचना हटाएर हिटीको उत्खनन सुरु गरिएको हो । सम्पदा तथा पर्यछन विभागले चैत १० गतेदेखि दैनिक १० जना कामदार परिचालन गरेर उत्खनन गरिरहेको छ ।
उत्खननका क्रममा अहिलेसम्म हिटीको ‘माअप्पा’ (मुख्य पर्खाल) र ढुङ्गेधारा भेटिएको छ । करिब ७ फिट गहिराइसम्मको उत्खननपछि यी संरचना भेटिएका हुन् ।
अभिलेख उधृत गर्दै सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई भन्नुहुन्छ, यो अठारौँ शताब्दीमा निर्माण गरिएको हो । वि. सं. १९४० सालमा यसको जीर्णोद्धार गरिएको पाइन्छ । हिटीको लम्बाइ २५ फिट ३ इञ्च र चौडाइ १५ फिट रहेको विवरण छ ।
उत्खनन कार्य नियालिरहेका स्थानीयहरुका अनुसार २०२८ सालतिर चक्रपथको काम गर्दा पानीको स्रोत बन्द भयो । अहिले पो खानेपानीको पाइप जडान भएको छ । पहिले त पानी खाने धारा नै यही हो । यसपछि हिटीको अस्तित्व संकटमा परेको थियो । अर्का स्थानीय महिलाका अनुसार हिटीभित्र देवताको मन्दिर थियो । धारामा खलल पानी आउँथ्यो ।
अनुगमनका क्रममा प्रमुख शाहले गंगाहिटीसहित अन्य हिटीहरुको अवस्थितिका बारेमा जानकारी लिनुभएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App