वि.सं.: २०८२, कात्तिक २७ बिहीबार
इ.स.: 2025 November 13,THRUSDAY
वि.सं.: २०८२, कात्तिक २७ बिहीबार
प्रमुख शाहको अध्यक्षतामा मूल समारोह समिति, उपप्रमुख र विषयगत समितिका संयोजक सदस्य, प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव
काठमाडौँ । ३० औँ महानगर दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा सांस्कृतिक तथा सांगीतिक कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । गएका बर्षहरुमा सञ्चालन गरिएका कार्यक्रमहरुलाई निरन्तरता दिँदै यस वर्ष सांगीतिक कार्यक्रममा प्रस्तुतिहरु थप गरिएका हुन् । दिवसको औपचारिक कार्यक्रम सैनिक मञ्चमा हुनेछ । सांस्कृतिक तथा सांगीतिक कार्यक्रम अपरान्ह ३ बजेदेखि टुँडिखेल मैदानमा हुनेछ ।
यस वर्ष महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । समितिका सदस्यहरुमा उपप्रमुख सुनिता डंगोल र विषयगत समितिका संयोजकहरु हुनुहुन्छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सदस्य सचिव हुनुहुन्छ ।
समितिको पहिलो बैठकले, औपचारिक कार्यक्रममा स्थानीय मौलिक झाँकी प्रदर्शनी गर्ने, विभिन्न क्षेत्रमा ख्याती प्राप्त व्यक्तित्व सम्मान गर्ने, अपरान्हबाट सांगीतिक कार्यक्रम आयोजना गर्ने, सांस्कृतिक पहिचान हुने मौलिक खानाको प्रवर्धनका लागि फुड स्टल राख्ने, एक वडा एक नमूना उद्यम कार्यक्रमबाट उत्पादित सामग्री तथा वस्तुको प्रदर्शनी गर्ने निर्णय गरेको छ । दिवसका अवसरमा वडाहरुले सप्ताहव्यापी रुपमा कार्यक्रम मनाउने, मूल समारोह समितिबाट निर्णय भएको सहायक प्रवक्ता एवं प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रमुखको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कर्मचारीविच मैत्रीपूर्ण फुटवल खेल आयोजना हुनेछ । यस्तै शिक्षा विभागले विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिताहरु सञ्चालन गरिरहेको छ ।
सांगीतिक कार्यक्रममा बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ्, एकदेव लिम्बू, सुगम पोखरेल (व्याण्ड), केहर लिम्बू एण्ड जोइ व्याण्ड, महेश काफ्ले, अस्मिता अधिकारी, कुमा सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दिप विष्टसहितको प्रस्तुति हुनेछ ।
१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App