वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
तालिम त पाइयो, अब रोजगारी कसरी पाउने होला? – प्रशिक्षार्थी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बहिरा अपाङ्ता भएका १० जनालाई बारिस्ता, वेकरी बनाउने र हस्पिटालिटी सम्बन्धी ९० दिनको तालिम प्रदान गरेको छ । सामाजिक विकास विभागले आयोजना गरेको तालिम २०८१ माघ १३ गते थालिएको थियो । २०८२ बैशाख २५ गतेसम्म सञ्चालन भएको तालिमअन्तर्गत लाजिम्पाटको कोथिना मिठो छ तालिम केन्द्रमा बारिस्ता र वेकरी प्रशिक्षण दिइएको थियो । यस्तै ठमेलको होटल आर्टमा गराइएको थियो ।
शुक्रबार प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै सामाजिक विकास समितिका सदस्य महेश नेपालीले, रोजगारमूलक तालिम दिएर स्वरोजगार बन्न प्रोत्साहित गर्न चाहेको बताउनुभयो । ‘क्षमता विकास गरेर आत्मविश्वास बढाउन हामीले सहयोग गरेका हौँ । यसपछि तपाईँहरुलाई स्वरोजगार बन्न चाहिने सहयोग उपलब्ध गराउन सक्छौँ । रोजगारभन्दा स्वरोजगार बन्नोस भन्ने हाम्रो चाहना हो ।’ उहाँले सामाजिक विकास समितिले सबैलाई सम्मानजनक रुपमा बाँच्न पाउने वातावरण तयार पार्नमा कार्यक्रम सञ्चालन गरेको धारणा राख्नुभयो । त्यस क्रममा समितिका सदस्य एवं कार्यपालिका सदस्य ललिता खड्गीले, अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जनमा टेवा दिन गरी काम गरिएको धारणा राख्नुभयो ।
सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले, तालिमबाट सिकेको ज्ञान र सिपबाट जीवनस्तरमा सुधार आउने बाटोमा लागेको हेर्न चाहेको बताउनुभयो । ‘महानगरपालिकाले प्रदान गरेको तालिम, तालिम मात्र होइन । रोजगारीमा जाने वा स्वरोजगार बन्ने ठाउँ पनि हो । हामीले यसलाई लगानी मानेका छौँ ।’ उहाँको भनाइ थियो ।
त्यस क्रममा काठमाडौँ बहिरा संघका अध्यक्ष सत्यदेवी वाग्ले र वहिराहरुका लागि सहयोगी हातहरुका अध्यक्ष बद्रीलक्ष्मी श्रेष्ठले, आधारभूत तालिमको अवधिलाई बढाएर ९० दिन अभ्यास गराएकोले यसबाट धेरै लाभ पुगेको धारणा राख्नुभयो ।
‘तालिम प्रारम्भका दिनहरुमा कसरी सिकाउने होला भन्ने लागेको थियो । सांकेतिक भाषानुवादकका कारण तालिम चल्न थालेपछि हामीले सिकाउन खोजेका कुरा राम्रोसँग बुझाउन सकेको अनुभूति भयो ।’ वेकरी तालिमका प्रशिक्षक मितालक्ष्मी अधिकारी, वारिस्ता तालिमका प्रशिक्षक अनिता घले कपाली, हस्पिटालिटीका प्रशिक्षक नरोत्तम गौत्तम र नीतु चौधरीले अनुभव सुनाउनुभयो । उहाँहरुले, ‘ठूला होटल, रेष्टुरेन्टलगायत रोजगारका क्षेत्रहरुमा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थान छुट्याएर अवसर दिनु पर्ने धारणा राख्नुभएको थियो ।’
तालिमका प्रशिक्षार्थीहरुले, आफूहरु रोजगार हुन चाहेको बताउनुभयो । हामी सक्षम छौँ । जिम्मेवारीमा आएका काम कुशलतापूर्वक गर्न सक्छौँ भन्ने देखाउनु पर्नेछ । यसका लागि पनि हामी रोजगार क्षेत्रमा जान चाहेका हौँ । उहाँहरुको भनाइ थियो ।
तालिममा के सिकाइयो
वारिस्ता तालिममा कफी बनाउने मेसिनको चिनारी, प्रयोग गर्न विधि, कफी बनाउने तरिका (सिङ्गल सट, डवल सट, अमेरिकानो, क्यापाचिनो, रिस्ट्रेटो, एस्प्रेसो कन, लङ् व्ल्याक, क्याफे लिटे, क्याफे मोक्का चकलेट, फ्लेभर लतेमा मोक्का, क्यारामेल, भेनिला, हनी) लगायत प्रकार बनाउन सिकाइएको थियो । यस्तै मोजितो, भर्जिन मोजितो, बनाना लस्सी, एप्पल लस्सी, सिजनल फलफुलको लस्सी, विभिन्न स्वादका मिल्क सेक, हर्वल चियालगायत पेय उत्पादन गर्न सिकाइयो ।
वेकरी तालिममा बेकरी बनाउँदा आवश्यक पर्ने सामानको चिनारी, पाउरोटी (सेतो, ब्राउन), बन, मफिन र कुकिजहरु, कपकेक, डुनोट, सिनामोन रोल, क्यारोट केक, मल्टी ग्रेन ब्रेड, फ्रुट केक, एगलेस प्रिमिक्स स्पोञ्ज, पफलगायतका प्रकार बनाउन सिकाइयो ।
हस्पिटालिटीतर्फ सर्भिसको फुड र वेभरेज, हाउस किपिङ्, फ्रन्ट डेक्ससहितका डिपार्टमेन्टमा अभ्यास गराइएको थियो । हाउस किपिङ्लाई रुम (वेड सिट फेर्ने, सिरानीको खोल फेर्ने, कोठाको स्वच्छता र सरसफाइ) र पब्लिक प्लेस (लबी, विभिन्न तलामा रहेका स्थानहरु) गरेर दुवै क्षेत्रमा अभ्यास गराइएको थियो ।






निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App