वि.सं.: २०८३, जेठ २७ बुधबार
इ.स.: 2026 June 10,WEDNESDAY
वि.सं.: २०८३, जेठ २७ बुधबार
नतिजाले काठमाडौँ महानगरपालिकाको स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसीका (काठमाडौँलाई चिनौँ)’ को प्रभावकारितालाई पुष्टि गरेको छ
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. २३ बाट आयोजित कार्यक्रमको मञ्चमा उभिएका गैरनेपाल भाषी विद्यार्थीले नेपालभाषा (नेवारी) मा धाराप्रवाह कविता सुनाएको दृश्य रोचक थियो । यो दृश्य रोचक मात्र थिएन । काठमाडौँ महानगरपालिकाले लागु गरेको स्थानीय पाठ्यक्रमको प्रभाव कति गहिरो छ भन्ने कुराको प्रमाण पनि थियो ।
प्रसिद्ध बाल साहित्यकार तथा वडा नं. २३ का पूर्व वडाअध्यक्ष स्व. शान्तदास मानन्धरको स्मृतिमा आयोजित ‘तेस्रो महानगरव्यापी अन्तर विद्यालय कविता तथा निबन्ध प्रतियोगिता’ को अवसरमा विद्यार्थीहरुले भाषागत सिकाइमा आफ्नो क्षमता प्रस्तुत गरे ।
जीवनभर बाल साहित्यमा कलम चलाउनुभएका मानन्धरको स्मृतिमा आयोजित यो प्रतियोगिताले महानगरपालिकाभित्रका २३ वटा विद्यालयका करिब १५० जना विद्यार्थीलाई एउटै थलोमा ल्याएको थियो । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूले नेपालभाषा र खस नेपाली दुवै भाषामा आफ्ना सिर्जना प्रस्फुटन गरे । यसअन्तर्गत कक्षा ६ र ७ का विद्यार्थीहरुका बिच नेपाल भाषामा कविता र नेपाली भाषामा निवन्ध लेखन प्रतियोगिता गरिएको थियो । नेपाली भाषामा ‘मातृभाषाको महत्व’ र ‘इन्द्रजात्रा’ तथा नेपाल भाषामा ‘नेपाःया जनजाति’ र ‘जिगु मांभाय् (मेरो मातृभाषा)’ शीर्षक दिइएको थियो ।
यसपटकको प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण पक्ष ‘नेपाल भाषा’ विधाको नतिजा रह्यो। नेपालभाषामा कविता र निबन्ध लेख्नेहरूमध्ये अधिकांश विद्यार्थी गैरनेपालभाषी थिए । उनीहरूले केवल सहभागिता मात्र जनाएनन् । उत्कृष्ट स्थान हासिल गर्दै नगद पुरस्कार समेत हात पारे ।
यो नतिजाले काठमाडौँ महानगरपालिकाको स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसीका (काठमाडौँलाई चिनौँ)’ को प्रभावकारितालाई पुष्टि गरेको छ ।
स्थानीय भाषामा शिक्षा दिँदा विद्यार्थीहरुलाई कला, संस्कृति, सम्पदा र जात्रापर्व बुझ्न सहज हुन्छ भन्ने दृष्टान्त उनीहरुका सिर्जनाले देखाएका छन् ।
प्रतियोगितामा नेपाल भाषाको कवितातर्फ विश्वनिकेतन मा. वि. का आमुल अधिकारी प्रथम हुनुभयो । कन्या माध्यमिक विद्यालयका सोफिया डंगोल, महाङ्काल माध्यमिक विद्यालयका आराधना खड्का र कान्ति निकुञ्ज माध्यमिक विद्यालयका सुशीला जैसीले क्रमशः दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्नुभयो ।
नेपालभाषा निबन्ध प्रतियोगितामा ज्ञानोदय माध्यमिक विद्यालयककी वर्षा श्रेष्ठले प्रथम स्थान, नेपाल आदर्श माध्यमिक विद्यालयका प्रीति साहले दोस्रो, जगतसुन्दर ब्वनेकुथिका याङ्गचेन लामाले तेस्रो र पद्मकन्या विद्याश्रमका अरुणा महतले सान्त्वाना पुरीस्कार प्राप्त गर्नुभयो ।
नेपाली निबन्ध प्रतियोगितामा रत्नराज्य मा. वि. का मुकेश जोशी प्रथम हुनुभयो । विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयका सुवास्ना खड्का केसीले दोस्रो, रत्नराज्य माध्यमिक विद्यालयका सदीक्षा न्यौपानेले तेस्रो र सैनिक महाविद्यालयकै प्रजिश कार्कीले सान्त्वाना स्थान हासिल गर्नुभयो ।
नेपाली कवितातर्फ न्यू जेनिथका सन्देश गौतम प्रथम घोषित हुनुभयो । जनकल्याण मा. वि. का स्मारिका बलायर दोस्रो, विश्व निकेतन मा. वि. का कृति गौतम तेस्रो र नेपाल आदर्श मा. वि. का युवराज शाह सान्त्वाना स्थान हासिल गर्नुभयो ।
निबन्ध प्रतियोगिताका विजेताहरू प्रथम, दोस्रो, तेस्रा र सान्त्वानालाई क्रमशः १५ हजार, १० हजार ७ हजार र ५ हजार रुपियाँ, शैक्षिक सामग्रीसहित पुरस्कृत गरियो । यस्तै कवितातर्फ १० हजार, ७ हजार, ५ हजार र २ हजार नगदसहित पुरस्कृत गरियो ।
वरिष्ठ साहित्यकारहरू रमेशकाजी स्थापित, नारद वज्राचार्य र पूर्णिमा शाक्य प्रतियोगिताका निर्णायक हुनुहुन्थ्यो ।
बाल प्रतिभालाई स्थानीय परिवेश अनुकुलका विषयमा परिचित गराउनु, बालबालिकामा स्थानीय कला, साहित्य र सिर्जनाको बिम्बको अवस्था थाहा पाउनु कार्यक्रम आयोजनाको उद्देश्य रहेको वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनले धारणा राख्नुभयो ।
कार्यक्रममा पूर्व अध्यक्ष पवित्र वज्राचार्य, कार्यक्रम संयोजक सुरेश मानन्धरले बालमैत्री साहित्यले भाषा जोगाउन मद्दत गरेको धारणा राख्नुभयो ।
बालसेवा माध्यमिक विद्यालयमा सुरु भएको यो साहित्यिक यात्राले काठमाडौँका विद्यालयहरूमा केवल भाषा मात्र होइन, भाइचारा र सांस्कृतिक एकताको नयाँ सञ्चार थपेको छ । शान्तदास मानन्धरले देखेको ‘साक्षर र सुसंस्कृत समाज’को सपना यस्तै साना साना अक्षरहरूबाट साकार हुँदैछन् । यसलाई वडा २३ ले अभिभावकीय संरक्षण प्रदान गरेको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App