वि.सं.: २०८२, माघ २० मंगलबार
इ.स.: 2026 February 3,TUESDAY
वि.सं.: २०८२, माघ २० मंगलबार
संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु मेलाको अवलोकनमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरेको सिप मेला एकीकृत भएको महसुस गर्यौँ । मेलाको अवलोकन गर्न आउनुभएका हलेसी तुवाचुङ् नगरपालिकाका प्रमुख बिमला राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले प्रतिक्रिया दिनुभएको छ । यी पालिकाहरु कोशी प्रदेशको खोटाङ् जिल्लामा पर्छन् ।
‘काठमाडौँले मेला आयोजना गरेर उदाहरण स्थापित गरेको छ । यसलाई संघ र प्रदेश सरकारले नीति योजना तथा कार्यक्रममा समावेश गरेर हरेक पालिकामा प्रवर्धन गर्नुपर्छ । यसले युवाहरुले आफ्नै ठाउँमा केही गर्नु पर्छ भन्ने सपना देख्छन् । मानव पुँजी पलायन हुनबाट रोक्न यो काम अहिले अति जरुरी छ ।’ उहाँहरुले यसको विकास र विस्तारका लागि संघ र प्रदेश सरकारबाट अपेक्षा राख्नुभयो ।
‘तालिम सकिए पनि कार्यक्रम नियमित हुनु मेलाको सबैभन्दा सवल पक्ष लाग्यो । अन द जब ट्रेनिङ्मा जानेका लागि न्युनतम पारिश्रमिक उपलब्ध गराउन चाँगुनारायण फाउन्डेसनसँग सहकार्य गरेर साझेदारीमा काम गर्नु अर्को सिकाइ योग्य अभ्यास लाग्यो ।’ उहाँहरुले प्रतिक्रिया दिनुभयो ।
तालिम सञ्चालन विधि, प्रशिक्षणको पाठ्यक्रम, पाठ्य सामग्री र प्रयोगात्मक सिपका विषयमा तालिम संयोजक देवेन्द्र के. सी. ले जानकारी गराउनुभएको थियो ।
जेठ ७ गतेदेखि सुरु भएको मेलामा १० क्षेत्रका ३७ पेशासँग सम्बन्धित तालिम चलिरहेका छन् । हरेक दिन ३ सिफ्टमा प्रशिक्षण चल्छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App