वि.सं.: २०८२, कात्तिक १२ बुधबार
इ.स.: 2025 October 29,WEDNESDAY
वि.सं.: २०८२, कात्तिक १२ बुधबार
काठमाडौं । काठमाडौं महानगरपालिका स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति र राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि महानगरपालिकालाई प्राप्त हुने आन्तरिक आय, राजश्व बाँडफाँटबाट प्राप्त हुने रकम,अनुदान, ऋण र अन्य आयको प्रक्षेपण सहित बजेट सीमा निर्धारण गरेको हो ।
बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।
बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिनु भएको थियो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ।

यस्तै शुक्रवार नै उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा प्रक्षेपण गरिएको कुल राजश्व मध्ये चालु आर्थिक वर्ष ८१/८२ मा असार २६ गते सम्म सङ्कलन भएको राजश्वको असुलीको समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल आम्दानी प्रक्षेपण गरेको थियो ।
शुक्रवार बस्ने ४० औं नगर कार्यपालिका बैठकले नगर सभाको मिति तय गरी नगर सभा मार्फत बजेट सार्वजनिक गर्ने छ ।
नगर सभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्नु हुने छ ।
बैठकमा राजश्व परामर्श समितिका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App