वि.सं.: २०८३, असर ७ आइतबार
इ.स.: 2026 June 21,SUNDAY
वि.सं.: २०८३, असर ७ आइतबार
स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, बजेट तर्जुमा समिति र राजस्व परामर्श समितिका वैठकहरु छुट्टाछुट्टै सम्पन्न
काठमाडौँ । काठमाडौँ महानगरपालिका, नगर सभाको १७ औँ अधिवेशन असार २९ गते अपरान्ह २ बजे बोलाउने निर्णय भएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको ४० औँ कार्यपालिका बैठकले नगर सभाको मिति तोक्ने प्रस्तावमा यस्तो निर्णय गरेको हो । बैठकले ४१ औँ कार्यपालिका बैठक सभा हुने दिन (असार २९) गते विहान बस्ने समेत निर्णय गरेको छ ।
आज नै प्रमुख शाहको अध्यक्षतामा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको र उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा राजस्व परामर्श समितिको बैठक बसेको थियो । बजेट सीमा निर्धारण समितिको बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अरबको बजेट सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।

उपप्रमुख डंगोलको अध्यक्षतामा बसेको राजस्व परामर्श समितिको वैठकले आगामी आर्थिक वर्षका लागि नगर सभामा पेश गर्ने आर्थिक विधेयक प्रस्ताव माथि छलफल गरेको छ । यस्तै उपप्रमुखकै संयोजकत्वमा रहेको बजेट तर्जुमा समितिको बैठकले बजेट सीमा निर्धारण समितिले निर्धारण गरेको बजेटको सीमा यसभित्र प्रस्ताव गर्नु पर्ने कार्यक्रमका विषयमा छलफल गरेको छ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App